Monday, August 30, 2021

सर्लाहीको ब्रम्हपुरी गाउँपालिकाका वडाअध्यक्षद्वारा महिलामाथि बलात्कारको प्रयास,

 

---- वडा अध्यक्ष गाउँबाट फरार----

लोकतन्त्र समाचारदाता---

सर्लाही ,भदौ १४

      सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नम्बर -७ ,नोकैल्वाकी ३० वर्षिया एक  महिलामाथि बलात्कार प्रयास भएको छ ।सोही वडाका वडाअध्यक्ष श्याम कुमार यादवले स्थानीय महिला अम्बिका देवी यादव (नाम परिवर्तन)लाई बलात्कारको प्रयास गरेका हुन्।

      यही भदौ ५ गते राती करिब २ बजेको समयमा घरमा कोही पनि ब्यक्ति नरहेको मौका छोपेर घरभित्र प्रवेश गरि एक्लै सुतिरहेको अवस्थामा वडा अध्यक्ष यादवले आरोपी आफुमाथि बलात्कार गर्न खोजेको पीडित महिलाको को भनाई छ ।पिडक वडाअध्यक्ष यादवको घर आफ्नो घरको  छेउमै रहेकोले  यसअघि पनि उनले पटकपटक आफु माथि दुर्ववहार गरेको पिडित महिलाले गुनासो गरिन।

    त्यस दिन (भदौ ५ गते)पनि वडाअध्यक्ष  घरमा कोही नभएको मौका छोपेर घरभित्र प्रवेश गरि सुतिरहेको अवस्थामा जथाभावी रुपमा शरिरका विभिन्न सम्बेदनशिल अंगहरुमा हातपात गरि करणीको प्रयास गरेको पिडित महिलाले बताइन् ।आफुलाई बचाउने प्रयास गर्दा  नसकेपछि हल्ला गरेर छिमेकीलाई बोलाइ निज पिडकको चंगुलबाट आफुलाई बचाएको उनले बताइन् ।

     घटना लगत्तै फरार भएको  वडाअध्यक्ष यादव घटनाको दिनदेखिनै  सम्पर्क विहिन रहेको गाउँलेहरुले बताएका छन्।

     आइतवार दिउँसो  पिडित महिलासँगै सदरमुकाम मलंगवा आएका ब्रम्हपुरी गाउँपालिका-७ नौकैल्वाका स्थानीयबासी तथा पिडितका छिमेकीहरुले पिडक वडाअध्यक्ष यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा निवेदन समेत दर्ता गराइसकेका छन् ।सोही निवेदनको आधारमा पिडक वडाअध्यक्ष यादवलाई पक्राउ गर्न भनि दुईपटक प्रहरीहरु गाउँमा गइसकेको तर उनी गाउँमा नरहेकोले प्रहरीलाई खाली हात फर्कनु परेको पिडितका छिमेकीले बताएका छन् ।

    तर उता वडाअध्यक्षका भाइ जस्विन्दर यादवको भने राजनीतिक निहुँ र गाउँमै भएको  पुरानो झगडाको रिसिवीको बदला लिन गाउँकै केही व्यक्तिहरुले बलात्कारको नाउँमा फसाएर बदनाम गर्न खोजेको आरोप लगाएका छन् ।

    पिडित महिलाका २ छोराछोरी छन् । आर्थिक अबस्था कमजोर भएका कारण उनका श्रीमान रोजगारीका लागि विगत दुईवर्षदेखि  कुवेतमा छन् । पिडितले एक्लैले अरुको घरमा मजदुरी गरेर घर ब्यावहार सम्हाल्दै आएकी थिइन् ।

        

1 comment: