Thursday, August 5, 2021

एमसिसिको विरुद्धमा सर्लाहीको लालबन्दीमा जुलुस प्रदर्शन

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,साउन २१

    राष्ट्रिय शक्ति नेपाल जिल्ला शाखा सर्लाहीले  अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालमा लागू हुन नहुने भन्दै त्यसको विरोधमा सर्लाहीको लालबन्दीमा आज(बिहीबार) दिउँसो जुलुस निकालिएको छ। 

    एमसिसिको विरुद्धमा  बिभिन्न किसिमका नाराहरु लेखिएका प्लेकार्ड सहित  जिल्ला शाखाका पदाधिकारी लगायत महिला समितिका सदस्य तथा अन्य जिल्लाका प्रतिनिधिहरु सम्मलित निकालिएको जुलुस लालबन्दी  बजारको परिक्रमा गर्दै अकलेश्वर महादेव मन्दिर (डुमडुमे) परिसरमा पुगेर कोण सभामा परिणत भइ विरोध जुलुसमा सहभागी भएका बक्ताहरुले एमसिसि को बारेमा आ-आफ्नो धारणा राख्दै त्यसको विराेध गरेका थिए । 

    कार्यक्रममा  राष्ट्रिय शक्ति नेपालका केन्द्रीय अभियन्ताहरु अन्जु कुमारी थपलिया, शंकर चौरसिया लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको केन्द्रीय अभियन्ता रोहित प्रसाद पौडेलले जानकारी दिए । 



No comments:

Post a Comment