Sunday, August 8, 2021

आफूहरू माथि लागेको मधेस विरोधीलगायत आरोप चिर्न जसपा महन्थ ठाकुर पक्षका नेताहरू मधेस दौडाहाको क्रममा आज सर्लाहीमा कार्यकर्ता भेला सम्पन्न गरे

 २०७८-४-२४ आइतवार




लोकतन्त्र समाचारदाता ----

सर्लाही ,साउन २४

      पार्टीमा वैधानिकता नपाएपनि जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहले मधेसका जिल्लाहरुमा राजनीतिक गतिविधिलाई तीव्रता दिएको छ । निर्वाचन आयोगबाट जसपाको आधिकारिकता प्राप्त उपेन्द्र यादव पक्ष संघमा सत्ता समीकरण मिलाउन काठमाडौंमा व्यस्त भइरहँदा आफूहरूमाथि लागेको मधेस विरोधीलगायत आरोप चिर्न ठाकुरसहित उनी पक्षीय नेताहरू यतिबेला  मधेस दौडाहामा  छन्।

     निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता यादव पक्षलाई दिएपछि  ठाकुर पक्ष पार्टीको आधिकारिकताको लागि सर्वोच्च अदालत पुगेको छ।  सर्वोच्चमा हालेको मुद्दा हाल विचाराधीन छ। 

      ओली सरकारमा सहभागी भएर जसपामा विभाजनको बिउ रोपेको भन्नेदेखि मधेस विरोधी तथा प्रतिगमनको मतियारसम्मको आरोप खोपिरहेको ठाकुर पक्ष मधेस विरोधीको आरोप चिर्न मधेस दौडाहा गर्ने क्रममा  सर्लाही आइपुगेका छन् । ठाकुर पक्षका नेताहरुले आज(आइतवार)सर्लाहीको सदरमुकाम मलंगवामा जिल्ला स्तरीय  अगुवा कार्यकर्ता सम्पन्न गरेको छ ।

    जसपा का सर्लाही जिल्ला अध्यक्ष राम प्रसाद राय यादवको अध्यक्षतामा आयोजना भएको भेलालाई सम्बोधन गर्दै  पार्टीका बरिस्ठ नेता एवं पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले "मधेसी एकता जिन्दावाद"को नारा नै मधेसी जनताको सबैभन्दा ठुलो कमजोरी रहेको बताएका छन् ।मधेसी एकता मधेसी जनताको कल्याणको लागि चाहिन्छ ,कल्याण गर्नको लागि ताकत चाहिन्छ  र ताकतको लागि एकता चाहिन्छ अनी मात्रा मधेसी एकता जिन्दावाद हुन्छ ,उनले भने । बारम्बार मधेसका जनताहरु मधेसीहरु बिच एकता हुनुपर्छ भन्ने आवाज उठाउँदै आएका छन् ।एकता पनि गर्यौ तर पनि हामीमाथि एकता किन गरेको भन्ने प्रश्न उठेको छ , नेता महतोले भने ।

    महन्थ पक्षका नेता एवं प्रदेश न-२ का  पुर्व भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले अगुवा कार्यकर्ता भेलामार्फत तत्कालीन केपी ओली नेतृत्वको सरकारमा जसपा महन्थ ठाकुर पक्षबाट सहभागी हुँदाको १८ दिनको अवधीमा पार्टीले मधेस र मधेसी जनताको लागि गरेका कामको विवरण  पेस गरेका छन्। 

    निर्वाचन आयोगबाट जसपाको आधिकारिकता नपाए पनि ठाकुर पक्षले प्रदेश न-२ का सर्लाही लगायत अन्य जिल्लाहरुमा  सोही पार्टीकै ब्यानरमा कार्यकर्ता भेला गरेको पार्टीले जनाएको  छ। सर्लाहीको  सदरमुकाम मलंगवामा आइतवार भएको अगुवा कार्यकर्ता  भेलालाई  महतोसहित नेता जितेन्द्र सोनल,अभिराम शर्मा, प्रदेश न-२ का प्रदेश सभा सदस्यहरु ,केन्द्रीय सदस्यहरु लगयतले पनि   सम्बोधन गरेका थिए।  

    निर्वाचन आयोगको फैसलापछि जसपामा विकसित परिस्थितिबारे कार्यकर्तालाई जानकारी गराउने उद्देश्यले भेला आयोजना गरिएको नेताहरूले बताएका छन्। ठाकुरसहितका प्रभावशाली नेताहरु दिनहुँ जसो जिल्लास्तरीय भेला, अन्तरक्रिया र प्रशिक्षणमा व्यस्त रहेको पार्टीले जानकारी दिए ।



No comments:

Post a Comment