Friday, August 13, 2021

बजारमा छाडा चौपाया आतंक, व्यवस्थापन गर्न नगरपालिका उदासीन

 





मनोज यादव---

सर्लाही ,साउन २९

     सर्लाहीको प्रमुख व्यापारिक शहर सदरमुकाम मलंगवाको सडकमा छाडिएका पशु चौपाया नियन्त्रण गर्न सम्बन्धित निकायले बेवास्ता गर्दा समस्या विकराल बन्दै गएको छ ।खुल्ला रुपमा छाडिएका घरपालुवा पशु चौपायाहरु सवारीसाधन सँग ठोक्किएर दुर्घटना समेत हुने गरेको भएपनि नगरपालिकाले यसको  व्यवस्थापन गर्न ठोस कदम चाल्न सकेको छैन ।

     छाडा पशु चौपायाका कारण दिनहुँजसो बजारको व्यस्त सडकमा दुर्घटना हुने गरेको स्थानीयहरुले बताएका छन् ।

कानुनले सडकमा छाडा पशु र चौपाया व्यवस्थित गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ । तर, घना बस्ती तथा बजारमा  छाडा पशु चौपायाहरुलाई व्यवस्थित गर्न नगरपालिका उदासीन देखिएको छ ।  सवारीको ठक्करबाट सडक तथा गल्लीमा मर्ने  छाडा पशु चौपायालाई नगरपालिकाले समयमा  व्यवस्थित नगर्दा कुहिएर महिनौंसम्म उक्त क्षेत्र  दुर्गन्धित हुने गरेको इन्सेकका सर्लाही जिल्ला प्रतिनिधि बुधन साहले बताए ।

   सम्बन्धित निकायको उदासिनताले पछिल्लोपटक  बजार क्षेत्रमा एकएक बढेको छाडा चौपायाले सवारी अवागमनमासमेत समस्या पैदा गरेको सर्वसाधारणहरुको गुनासो छ । सडकमा जथाभावी छाडिएका छाडा चौपायाले ट्राफिक आवागमनमा समेत समस्या हुन थालेको छ ।

अहिले मलंगवाका विभिन्न चौक तथा सडकका गल्लीमा छाडा चौपायाको हुल नै देखिन्छ ।भुस्याहा कुकुरहरु जथाभावी दौडिरहेका हुन्छन भने सुंगुरहरु पनि फोहोरको थुप्रो र नालामा आफ्नो आहारा खोजिरहेको देख्न सकिन्छ ।गोठाला पनि बिहान र बेलुका गाईवस्तु चराउन बजार भएरै लाने र ल्याउने गरेका छन्न ।

   छाडा चौपाया नियन्त्रणका लागि नगरपालिकाबाट कुनै प्रयास नगरिएका कारण  सडकमै जथाभावी गाईंवस्तु र सुँगुर छाड्ने प्रवृत्ति बढेर गएको हो ।


अनधिकृत रूपमा सडकमा छाडिएका छाडा पशु चौपायाहरु 'बीच सडकमा बाटो छेकेर बस्छन् ,कतिबेला दुर्घटनामा पर्ने हो ठेगान हुँदैन मलंगवाकै अर्का एक स्थानीयले बताए ।

  नगरपालिकालाई छाडा पशु चौपाया नियन्त्रणका लागि गम्भीर हुनुपर्ने स्थानीय जानकारहरुको सुझाव छ ।


No comments:

Post a Comment