Monday, August 2, 2021

वर्ल्ड एजुकेसन एण्ड हेल्थ डेभलपमेन्ट द्वारा गम्हरियाका मिर्गौला पिडित बेचनका पितालाई उपचार सहयोग हस्तान्तरण

 




लोकतन्त्र समाचारदाता--- 

सर्लाही ,साउन १८

      सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका  वडा न-१२ गम्हरिया निवासी मिर्गौला पिडित बेचन रायको उपचारका लागि सहयोग गर्नेहरु बढेका छन् ।यसै क्रममा जिल्लाको लालबन्दी नगरपालिका वडा न-७ मा रहेको वर्ल्ड एजुकेसन एण्ड हेल्थ डेभलपमेन्ट प्रालिले पनि पिडित बेचनको उपचारको लागि नगद रकम सहयोग गरेको छ।

   संस्थाले  सोमबार गम्हरिया स्थित वडा कार्यालय नजिकै रहेको सार्वजनिक धर्मशालामामा एक कार्यक्रमको आयोजना गरि मृगौला  पिडित बेचन रायको बुवा राम दरेश रायलाई ५० हजार रुपैया हस्तान्तरण गरेको छ।

   गम्हरीया निवासी स्थानीय किसान राम दरेश राय र तेतरी देवीका एकमात्र  छोरा २५ वर्षीय बेचनको  दुबै मिर्गौला फेल भएर फेर्नुपर्ने अवस्था रहेकोले हाल उनको डायलासिस भइरहेको जनाइएको छ।  उपचार महँगो भएको र बेचनको घरपरिवारको आर्थिक अवस्था पनि निकै कमजोर भएका  कारण उनको उपचारमा  समस्यालाई बुझेर  सो रकम सहयोग गरेको संस्थाकी HRD श्रद्धा पाण्डेले बताए । 

   बुवा राम दरेश र आमा तेतरी देवीको एकमात्र छोरा  बेचनको २ वर्ष र ४ वर्षको दुईजना नाबालक छोराछोरी रहेका छन् । दुवै मृगौला बिग्रेर थला पर्नु भन्दा पहिला छोरा बेचनको कमाइले नै घरपरिवारको गुजारा चल्दै आएको बेचनका पिता राम दरेशले बताए । कमाउने एकमात्र छोरानै बिरामी परेपछि आफ्नो एक्लोको कमाइले अहिले एक छाकको भोजन समेत जुटाउन मुस्किल परिरहेको उनले गुनासो गरे ।

   कार्यक्रम मार्फत  सहयोग राशि स्विकार्दै पिडित बेचनका पिता राम दरेशले उपचारका लागि  सहयोग गर्ने वर्ल्ड एजुकेसन एण्ड हेल्थ डेभलपमेन्ट प्रालि तथा सहयोग उपलब्ध गराउन पहल गरिदिने   एकता समाज युवा क्लबलाई धन्यवाद दिएका थिए ।

    कार्यक्रममा सहयोगी संस्थाका HOD देवेन्द्र राय,BM सरोज साह,एकता समाजका अध्यक्ष राजिव कुमार साह,सचिव राज कुमार साह,,सुजित साह,राजकिशोर पासवान ,सर्व नारायण लगायत स्थानीयबासीहरुको उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment