Sunday, August 15, 2021

मुसैली पोखरीको सौन्दर्यकरणमा ढिलाई, ठेक्का अवधी सक्किन केही महिना बाकी रहँदा मात्र २५ प्रतिशत काम सम्पन्न

 


-- समयमा काम सक्न प्रदेश मामिला सभापति अशोक यादवको कडा निर्देशन---


लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन ३१

    प्रदेश २ का प्रदेश मामिला समितिका सभापति तथा सांसद अशाेक कुमार यादवले सर्लाहीको मलंगवा नगरपालिका वडा न-७ मुसैली स्थित बडकी पोखरीको सौन्दर्यकरण सम्बन्धि कार्यको स्थलगत अनुगमन गर्नुभएको छ। 

     उहाँले सनिवार दिउँसो स्थानीय जनप्रतिनिधि ,स्थानीयबासी तथा स्थानीय  युवाहरु सहितको टोलीलाई लिएर मलंगवा नगरपालिका तथा कौडेना गाउँपालिकाको सिमानामा पर्ने  बौधी माई नजिकै रहेको बडकी पोखरीको प्रत्यक्ष रुपमा अनुगमन गर्नु भएको उहाँको सचिव  राजेश यादवले जानकारी दिएका छन् ।

    आन्तरिक पर्यटनलाई बढावा दिन स्थानीय केही युवाहरुको पहलमा मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत उक्त पोखरीको सौन्दर्यकरण गरेर पार्कको निर्माण गर्न लागिएको स्थानीय युवा सुजित यादवले बताए । अनुगमनको क्रममा  पोखरी सौर्न्दर्यकरणको काममा भइरहेको ढिलासुस्ती तथा गुणस्तरहीन कार्यलाई देखेर सांसद यादवले सोही ठाउँबाट ठेकेदार कम्पनी र सरोकारवाला पक्षलाई समयमा काम सम्पन्न गर्न कडा निर्देशन दिएका छन् ।

      योजना सुरु भएको झण्डै एकवर्ष हुनैलाग्दा पनि २५ प्रतिशत काम मात्र सम्पन्न भएको स्थानीय युवा सुजित  यादवले बताएका छन्  ।

     ठकेदार कम्पनी सँग पोखरीलाई सौर्न्दर्यकरण गरि पार्कको निर्माण गर्न ६ करोड १२ लाख ९३ हजार ३९९ रुपैयाँको सम्झौता गरिएको छ ।


No comments:

Post a Comment