Wednesday, August 11, 2021

सवारी दुर्घटना गरी फरार रहेको चालक पक्राउ





लोकतन्त्र समाचारदाता---

सर्लाही ,साउन २७

      सर्लाहीको बरहथवा नगरपालिका -७ स्थित  हजरीया जाने बाटोमा  आइतवार एकजना  साइकल यात्रीलाई ठक्कर दिएर फरार भएका  ग २ च २६६६ नं. को TOYOTA गाडीका चालक पक्राउ परेको छ ।

    बसबरिया गा.पा. वडा न-२ मानपुर बस्ने  सुकदेव साहलाई ठक्कर दिई फरार रहेको TOYOTA गाडीका चालक मलंगवा न.पा. वडा नं.२ बस्ने सत्येन्द्र साहलाई इलाका प्रहरी कार्यालय हरकठवाबाट खटीगएको प्रहरी गस्ती टोलीले गाडीसहित नियन्त्रणमा लिएको हो । ठक्करबाट गम्भीर घाइते साइकल यात्रीको उपचारको क्रममा  सोही दिन मृत्यु भएको प्रहरीले जनाएको छ।

    निज चालक उपर सर्लाही जिल्ला अदालतबाट  ७ दिन म्याद थप भइ सवारी ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


No comments:

Post a Comment