Monday, August 2, 2021

माओवादी केन्द्रको स्वागत तथा अभिनन्दन कार्यक्रम सम्पन्न




लोकतन्त्र समाचारदाता--

सर्लाही ,साउन १८

    सर्लाहीको सदरमुकाम मलंगवामा सोमबार नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) जिल्ला कार्य समिति सर्लाहीले प्रदेश न-२ का नवनियुक्त मन्त्रीहरुलाई  स्वागत तथा अभिनन्दन गरेको छ। 

    पार्टीका जिल्ला कार्यसमिति सदस्य  दिनेश रायको अधयक्षतामा भएको कार्यक्रममा प्रदेश न-२ का आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साह र राज्य मन्त्री रुवी कुमारी कर्णलाई  स्वागत गरिएको छ । 


   मलंगवा नपा वडा न-१० स्थित जानकी पार्टी प्यालेसको सभाहलमा सम्पन्न भएको  कार्यक्रममा माओवादी केन्द्रका नेता ,कार्यकर्ताहरुको बाक्लो  सहभागीता रहेको थियो ।

No comments:

Post a Comment