Tuesday, August 3, 2021

सर्लाहीमा महिलाद्वारा आत्महत्याको प्रयास

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,साउन १९

     बागमती  नदीमा हामफालेर आत्महत्याको प्रयास गर्ने एक महिलाको प्रहरीले उद्धार गरेको छ ।

   सोमबार दिउँसो २ बजे बागमती  नगरपालिका वडा न-१२ स्थित बागमती नदीमा रौतहटको वृन्दाबन नगरपालिका वडा न-२ बस्ने रामबाबु पटेलकी श्रीमती धनपतीया देवी पटेल मर्ने उदेश्यले हाम फालेकी थिइन् ।

     आत्महत्या गर्ने नियतले एक महिला बागमती नदीमा हाम फालेको स्थानीयहरुबाट खवर पाउनासाथ घटना स्थल पुगेका प्रहरीहरुले निजलाई नदीबाट जिवितै उद्धार गरि आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment