Friday, August 27, 2021

डेढ महिना अघि बाढीले भत्काएको फुलजोर खोलाको पुलको निर्माणकार्य अलपत्र

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,भदौ ११

     डेढ महिनाअघि बाढीले भत्काएको सर्लाहीको लालबन्दी नगरपालिका वडा न–३ जब्दी र ईश्वरपुर नगरपालिका वडा न–८, रामपुरलाई जोड्ने निर्माणाधीन पुलको निर्माणकार्य नहुँदा हालसम्म पनि अलपत्र अवस्थामै रहेको छ। गत असार १५ गते उक्त खोलामा आएको बाढीले करिब ८० प्रतिशत निर्माणकार्य पूरा भइसकेको उक्त  पुल निर्माणको काम अघि बढ्न सकेको छैन्।

     ढलान भएको दुई सातामै बाढी आएर पुलमाक्षति पुर्‍याएको थियो। ईश्वरपुर नगरपालिका वडा न–८ का वडाध्यक्ष श्यामबहादुर थापाले ठेकेदारले बेलैमा काम नगरेरका कारण बाढीले पुलमा क्षति गरेको बताए।

२०० मिटर लामो पुलको करिब ४० मिटर क्षति भएको छ। सम्झौताअनुसार पुल गत असार मसान्तमै निर्माण सकेर हस्तान्तरण गर्नुपर्ने थियो।

    पुलको निर्माणकार्य पूरा नहुँदा  लालबन्दी र ईश्वरपुर नगरपालिकासहित अन्य ठाउँका बासिन्दालाई अहिले बर्षातको बेला आवतजावतमा समस्या भएको छ। ठेकेदार कम्पनीले लापरवाही ढंगले काम गरेको र समयमै कामदारहरुको भुक्तानी नगरेका कारण पुल निर्माणमा ढिलाइ भएको लालबन्दी–३ जब्दीका राम कैलाश चौधरीले बताए।

     पुल निर्माणका लागि पप्पु शिवशंकर जेभीले १२ करोड रुपैयाँमा ठेक्का लिएको छ। संघीय सरकारको सहयोगमा आर्थिक वर्ष २०७५/७६ बाटै पुल निर्माणको काम सुरु भएको थियो ।

No comments:

Post a Comment