Monday, August 9, 2021

@अनुरोध@


                        अबधेश सहनी (निषाद)


समाचार नपाएर होकि 

आजकल 

हावा-हावा अनि बेमतलबको खबर देख्छु

पत्रिकाभरि, 

सामाजिक संजाल भरि,

देख्छु टेलिभिजन भरि

र सुन्छु रेडियो भरि ।


अरे पत्रकार महोदय

समाचार चाहिए गरीबको घर भित्र पस्नुहोस

हेर्नुहोस छानो कति चुहुँदै छ

खोज्नुहोस सरकारले सित्तैमा दिएको रासन पाउँदैछन की छैनन

महसूस गर्नु उनिहरुका आँखा अनिदो पो छन की ?


हजुर

समाचार चाहिए 

घुम्नुहोस शहर बजारको सुनसान

गल्लीहरुमा

घुम्नुहोस गाउँ-गाउँमा

सुन्न लायक र सुनाउन लायक

भेटिन्छन कथाहरु ।


महोदय 

समाचार चाहिए

सरकारी कार्यलय भित्र पस्नुहोस

टेबलमुनी धन्दा चलिरहेछ की छैन

पहिरो पीड़ित, भूकम्प पीड़ित, बाड़ी पीड़ितले राहत पाए कि पाएनन,


ए ! हजुर

समाचार चाहिए

अस्पतालमा पस्नुहोस

रोगी जाच्ने डाक्टर छन की छैनन

छन त कति रोगी जाच्नलाई कति डाक्टर छन

पत्तो लाउनुहोस

रोगी स्याहार्ने नर्स 

रोगिलाई औषधि दिदैछन की

अल्झिरहेका छन

संजालको व्यस्ततामा

जाच्नुहोस रोगीले सुत्नलाई खाट पाए कि पाएनन ।


अरे मिस्टर

समाचार चाहिए

तोड़नुहोस ब्यारिकेट र पस्नुहोस प्रहरी चौकी

र बुझ्नुहोस कुरा

की ठुला बड़ाको छोराछोरी र आफन्तले

गलतीको संजाय पाए कि पाएनन

निर्दोषले संजाय पाएको भए

आवाज उठाउनुहोस र जनता सामु पुर्याउनुहोस ।


पत्रकार महोदय

समाचार त तपाईको वरिपरि यथिष्ट छन

नियाल्नुहोस

खोजी तलासी गर्नुहोस ।


बिन्ती हजुर बिन्ती छ

समाचार बिक्री गर्नुहोस

तर पत्रकारको पहिचान र सिद्धान्त अनि स्वाभिमान

कतै बिक्री नगर्नुहोस ।।

धन्यवाद !!


ठेगाना :- रामनगर गाउँपलिका -३ सर्लाही 

सम्पर्क न.:-९८४५००१२९३

No comments:

Post a Comment