Sunday, August 8, 2021

पालिकामा विकास गर्दा पनि बदनाम गर्ने प्रयास भयो -चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतो

 

गापा अध्यक्ष -महेन्द्र महतो




बख्तियार अली---

सर्लाही २४ श्रावन 

   सर्लाहीको चन्द्रनगर गाउपालिकामा इमान्दारी पुर्वक चौतर्फी विकास गर्दा पनि अनियमितता भएको झुठा कुरा गरेर गाउँपालिका कार्यालयलाई बदनाम गर्ने कार्य भएको गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले बताउनु भएको छ ।

     आ.व. २०७७।०७८ मा स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत चन्द्रनगर गाउपालिका वार्ड नं. १ स्थित रामवृक्षको घर देखि भैसियाही सम्मको सडक स्तरोन्नती तथा मर्मत संम्भारको कार्य गर्नको लागि स्वीकृत योजना अनुसार भेलाबाट उपभोक्ता समिति  गठन गरि रामवृक्षको घर देखि बेचन पासवानको घर हुदै भैसियाही खोला सम्मको सडकलाई स्थानीय सरकारको निर्देशिका र मापदण्द अनुसार सडक सुधारको कार्य सम्पन्न भएको थियो । केहि गलत मानसिकता भएका व्यक्तिहरुको निजी स्वार्थ पुर्ती नहुदा राम्रो कामलाई नराम्रो बताएर बदनियत पुर्ण तरिकाले गाउँपालिका कार्यालयलाई मिडियामा बदनाम गर्ने कार्य भएको प्रति हाम्रो गंम्भिर ध्यानाकर्षण भएको गा.पा. अध्यक्ष महतोले बताउनु भएको छ । गाउपालिकाको प्रतिकृया बिना एकतर्फी समाचार बनाई पित पत्रकारिता गरेको हो । जुन सडकमा योजना अनुसार काम भएको छ, त्यस सडकलाइ नदेखाई गलत तरिकाले खाल्टो भएको सडकलाई आधार बनाई समाचार सम्प्रेषण गरि गाउँपालिकालाई बदनाम गर्ने नियतले मिडिया बाजी गर्नेलाई पनि कानुनी दायरामा ल्याउने कार्य भईरहेको कार्यालयले जनाएको छ ।

     १६ लाख ७७ हजार जनसहभागिता सहित रामवृक्षको घर देखि भैसियाही सम्मको सडक स्तरोन्नती तथा मर्मत संम्भारको कार्यमा कहीं  कुनै किसिमको अनियमितता नभएको गा.पा.अध्यक्ष महतोले दाबी गर्नुभयो । चन्द्रनगर गाउपालिकाका सबै जनता सरोकारवालाहरुलाई यस्ता भ्रामक समाचारको पछाडी नलाग्न पनि गा. पा. अध्यक्ष महतोले आग्रह गर्नु भएको छ ।

No comments:

Post a Comment