Friday, August 6, 2021

प्रहरी चौकी त्रिभुवननगरको नवनिर्मित भवनको उद्घाटन

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,साउन २२

     सर्लाहीको ब्रह्मपुरी गाउँपालिका वडा न- त्रिभुवननगर स्थित प्रहरी चौकीको नवनिर्मित भवनको उद्घाटन भएको छ । शुक्रवार  एक समरोहका बीच  प्रहरी नायव महानिरीक्षक उमेश रंजितकारले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

   उद्घाटन गरिएको उक्त भवनको २०७६ साल जेष्ठ  ६ गतेबाट निर्माणकार्य  सुरु गरिएको थियो । २ करोड ७० लाख रुपैयाँको लागतमा  निर्माणकार्य सम्पन भएको भवन निर्माणको जिम्मा लामा कन्स्ट्रक्सन प्रालिले लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले  जानकारी दिए । उक्त भवनमा कार्यालय,आवास गृह तथा  मेशका लागि आवश्यकता अनुसारको कोठाको व्यवस्था गरिएको साथै खानेपानीको समेत समुचित व्यवस्था गरिएको जिप्रकाले  जानकारी दिए ।

   नेपाल भारत सिमा नजिकै रहेको उक्त चौकीको उद्घाटन गर्दै प्र.ना.म. रंजितकारले  प्रहरीप्रति आमनागरिकको आस्था, विश्वास र भरोसाको साथै राष्ट्रको प्रतिष्ठा समेत जोडिएकाले प्रहरी कर्मचारीले आफ्नो व्यवसायिकता प्रदर्शन गर्दै सदैव ईमान्दार, कर्तव्यनिष्ठ र उच्च मनोबलका साथ कार्य गर्नुपर्ने बताए । सर्वसाधारणहरुको जिउ धन को सुरक्षाका लागि नै नेपाल प्रहरी खटिएको उनले बताए ।

   कार्यक्रममा सर्लाही प्रहरी प्रमुख एसपी संतोष सिंह राठौर,सशस्त्र प्रहरी प्रमुख गंगाराम श्रेष्ठ , ब्रह्मपुरी गाउँपालिकाका जनप्रतिनिधि , स्थानीय समाजसेवी ,भद्रभलादमी ,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।



No comments:

Post a Comment