Monday, August 9, 2021

विभिन्न पार्टी परित्याग गरि मलंगवा नपा वडा न-४ र १० का दुई सयभन्दा बढी नेता कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरे

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,साउन २५

     सर्लाही जिल्लाको मलंगवा नगरपालिकामा नेकपा माओवादी केन्द्रको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम  सम्पन्न भएको छ । मलंगवा नगरपालिका वडा न-४ स्थित आज (सोमवार) कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो । 

    आज भएको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा मलंगवा न.पा वडा न-४ र १० का  नेता तथा कार्यकर्ताहरु विभिन्न पार्टीहरु परित्याग गरी पार्टीका  सर्लाही जिल्ला कमिटी सदस्य  एवं कार्यक्रमका अध्यक्ष नविराज खानको पहलमा माओवादी केन्द्रमा प्रवेश गरेका छन्  ।  नव प्रवेसीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पार्टीका सर्लाही  जिल्ला कमिटी सचिव कमल बुढाथोकी तथा  वडा न-४ का वडा कमिटी अध्यक्ष राम दरेश राय र वडा न-१० का वडा कमिटी अध्यक्ष राम विश्वास महतोले संयुक्तरूपमा फुलको माला र टीका लगाई स्वागत गरेका छन् । 

     वडा न -४ का वडा कमिटी अध्यक्ष राय र वडा न-१० का वडा कमिटी अध्यक्षले एकैसाथ  एउटै मञ्चबाट २०० सय भन्दा बढी स्थानीय हरुलाई नेकपा माओवादी केन्द्रमा प्रवेश गराएको कार्यक्रमका संचालक आकाश कुमार दासले जानकारी दिए ।

    कार्यक्रममा माओवादी केन्द्रका नेता एवं संघीय सांसद प्रत्यासी दिनेश राय,डा.राकेश राय ,हसन मिकरानी,विश्वजित डिसी,रामपृत यादव,राम विश्वास ठाकुर,लक्ष्मीनारायण चौधरी लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुको स्वागत जितेन्द्र कुशवाहाले गरेका थिए ।


No comments:

Post a Comment