Friday, August 20, 2021
सर्लाहीको ग्रामीण भेगमा धुमधामका साथ शान्तिपुर्वक दाहा मेलाको आयोजना तथा सम्पन्न
विशेषगरी मुस्लिमहरुको बसोबास रहेको जिल्लाका गाउँहरुमा दाहा मेलाको आयोजना गरिएको हो ।मेलामा लठ्ठी, फरसा, तलवार र भालालगायतका सामग्रीले खेल प्रदशन गरिएको थियो ।कतिपय गाउँमा खेलाडीहरु बिच लठ्ठी लडाएर प्रतियोगिताको आयोजना गरिएका थिए ।प्रतियोगितामा विजयी हुने खेलाडीहरुको मनोवल बढाउन मेला आयोजकको तर्फबाट पुरस्कार समेत वितरण गरिएको छ ।
जिल्लाको सदरमुकाम मलंगवासहित सलेमपुर, गैर, फरहदवा(ढंगरा पुल)सुन्दरपुर, शिवनगर, बरहथवा लगायत मुस्लिम समुदायको बाक्लो उपस्थिति रहेका ठाउँमा दाहा मेलाको आयोजना गरिएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment