Monday, August 2, 2021

मलंगवामा बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न





लोकतन्त्र समाचारदाता---

सर्लाही ,साउन १८

     सर्लाहीको सदरमुकाम मलंगवामा  स्थानीय निकाय तथा सरोकारवालाहरु बीच बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सोमबार बीमा समितिको आयोजनामा मलंगवा स्थित महेन्द्र होटलको सभाहलमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

    नगर प्रमुख निरसल साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नगर उपप्रमुख शान्ती सबनम मिकरानी,मलंगवा न.पाका वडाध्यक्षहरु, राष्ट्रिय योजना आयोगका पुर्व सदस्य एवं कृषि विज्ञ डा.अब्दुल रहिम मिकरानी,अर्जुन पौडेल ,उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष विरेन्द्र साह,जेष्ठ नागरिक लालकृष्ण झा लगायत स्थानीय भद्रभलादमी तथा पत्रकारहरुको सहभागीता रहेको थियो ।

       कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा  सरोकारवालाहरुलाई  बीमा सम्बन्धि जानकारी गराइएको थियो । 

  बीमा समितिले स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम गर्नुको उद्देश्य नेपाल सकारको वित्तीय क्षेत्र सुधार रणानीति अनुसार बीमा सेवालाइ गाउँ गाउँ र घर घरमा पुर्‍याउनु रहेको र कृषिमा स्वरोजगार एवं आत्म निर्भरको नीति कार्यन्वयनमा लघु बीमा कार्यक्रम उपयुक्त भएकोले सरकारले अनुदानको व्यवस्था गरेको हुँदा उक्त अनुदानको व्यवस्थित ढङ्गले सदुपयोग गर्नु पर्नेमा जोड दिएका थिए । 

समितिले यस प्रकारको कार्यक्रम देशभर सञ्चालन गर्दै आइरहेको हुँदा बीमाको पहुँच वृद्धि गर्ने अभियानमा  सवै सरोकारवाला लाग्नुपर्ने बीमा समितिले बताएको छ।

No comments:

Post a Comment