Saturday, August 7, 2021

सर्लाहीमा खेलाडी बोकेको पिकअप दुर्घटना,१ को मृत्यु २८ जना घाईते

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,साउन २३

   सर्लाहीको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दीमा फुटबल खेलाडीहरु चढेको  पिकअप भ्यान पल्टिएर दुर्घटना हुँदा एकजनाको  मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । 

              फुटबल प्रतियोगितामा भागलिनका लागि लालबन्दीबाट खेलाडीहरु बोकेर जिल्लाकै परवानीपुरतर्फ जाँदै गरेको प्रदेश–२–०३००१०८४६ नम्बरको पिकअप भ्यान शुक्रवार दिउँसो  लालबन्दी नगरपालिका वडा न–६ स्थित फुटबल चौर अगाडि पल्टिँदा  लालबन्दी नगरपालिका वडा न–९ बस्तीपुरका १७ वर्षीय प्रह्लाद दाहालको मृत्यु भएको जिल्ला  प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। दुर्घटनामा परि गम्भीर घाइते भएका दाहालको  उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिए ।

     दुर्घटनामा गम्भीर घाइते भएका अन्य ६ जनालाई थप उपचारका लागि बिरगंजतर्फ लगिएको छ । दुर्घटनामा समान्य घाइते २२ जनाको भने स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले बताए ।

    दुर्घटनापछि   फरार भएका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment