Tuesday, August 3, 2021

अवैध सालको काठ सहित ट्याक्टर चालक पक्राउ

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,साउन १९

    सर्लाहीमा  अवैध सालको काठ र ट्याक्टर  सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

   जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी निरिक्षक जटाशंकर यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्लाका ब्रह्मपुरी गाउँपालिका वडा न-३ स्थित ना २ त ३८२ र ज २ त ३२३९ नम्बरको ट्याक्टरमा राखेर ल्याउँदै गरे ३८ थान सालको गोलिया(२८४ क्युफिट)र चालकलाई नियन्त्रणमा लिएको हो।

  नियन्त्रणमा लिएको सालको गोलिया, ट्याक्टर र चालकलाई आवश्यक कार्यवाहीको लागि जिल्ला बन कार्यालय लालबन्दी पठाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जनाएको  छ ।

No comments:

Post a Comment