Tuesday, August 31, 2021

आप्रवासी कामदारको न्यायमा पहुँचका लागि पालिका स्तरीय बैठक मलंगवा ,कौडेना र कबिलासीमा सम्पन्न

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,भदौ १५

     फिनलैण्ड सरकार अन्तर्गत कियोज फाउन्डेशनको आर्थिक सहयोगमा मानवअधिकारको लागि जनमञ्च (पिपुल फोरम) कालिकास्थान काठमाडौको आयोजनामा आप्रवासी कामदारको न्यायमा पहुँच संवर्धन परियोजनाको पालिका स्तरिय  बैठक सर्लाहीको  तीनवटा  पालिकाहरुमा सम्पन्न भएको छ । मंगलबार जिल्लाको  मलंगवा तथा कबिलासी नगरपालिका र बसबरिया गाउँपालिकामा बैठक सम्पन्न भएको  परियोजना संयोजक मोहन राय यादवले जनाएको छ ।

     मलंगवामा नगर उपप्रमुख शान्ती  मिकरानी,कबिलासीमा उपप्रमुख राधा देवी र कौडेनामा  गाउँपालिका अध्यक्ष राम प्रसाद राय यादवको संयोजकत्वमा बैठक सम्पन्न भएको हो ।

    बैठकमा वैदेशिक रोजगार सम्बन्धि कार्यक्रम संचालनका लागि पालिका अन्तर्गत वैदेशिक रोजगारलाई सुरक्षित एवं सुव्यवस्थित गर्नका लागि नमुना कार्यक्रम संचालन गर्ने,वैदेशिक रोजगारकोमा देखा परेका समस्याहरुलाई पहिचान गरि पिडितलाई सम्बन्धित निकाय समक्ष उद्धार गर्न गराउन पहल गर्ने लगायतका निर्णयहरु निर्णय पारित गरिएको परियोजना संयोजक यादवले जानकारी दिए।

   यश विषयमा हालै मलंगवा नगरपालिका तथा  कौडेना र बसबरिया गाउँपालिकामा एकदिने वैदेशिक रोजगारी कानुनी अभिमुखिकरण कार्यक्रम तालिम समेत सम्पन्न गरिसकिएको छ ।

    तिनवटै पालिकामा बसेको बैठकमा स्थानीय जनप्रतिनिधि ,कार्यालय प्रमुख ,कर्मचारी,स्थानीय समाजसेवी ,बुद्धिजीवी ,सरोकारवाला तथा पत्रकारहरुको सहभागीता रहेको थियो ।

No comments:

Post a Comment