Friday, August 6, 2021

कोरोना भाइरसको महामारीबीच स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कक्षा ११ को परीक्षा चल्दै

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,साउन २२

   देशभर सहित सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा पनि कक्षा ११ को परीक्षा सुरु भएको छ ।

    कोरोना भाइरस महामारीका बीच गत साउन २१ गते बुधबारदेखि  स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर  कक्षा ११ को परीक्षा संचालन भइरहेको  छ । मलंगवा स्थित मलंगवा ग्रिनलैण्ड अंग्रेजी आवासिय माद्यामिक विद्यालय लगायत विभिन्न विद्यालयहरुमा  राष्ट्रिय परीक्षा बोर्डले विद्यालयको अनुकूलतामा परीक्षा सञ्चालन गर्न भनेपछि  कक्षा ११ को परीक्षा शुरु गरिएको हो । आन्तरिक मुल्यांकनका आधारमा कक्षा ११ को परीक्षा संचालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णयपछि विद्यालयहरुले परीक्षा संचालन गरेको मलंगवा ग्रिनलैण्ड अ.आ.मा.वि का कोअर्डिनेटर(संयोजक) जितेन्द्र सिंहले बताए।

           तस्बिर -मलंगवा ग्रिनलैण्ड अ.आ.मा.वि                                कोअर्डिनेटर(संयोजक) जितेन्द्र सिंह


   कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्डको पालना गर्दै परीक्षा लिइरहेको संयोजक सिंहले जानकारी दिए ।

    मलंगवा ग्रिनलैण्ड अ.आ.मा.वि मा २०३ जना विधार्थीहरु परीक्षामा सहभागी छन् ।परीक्षा सुरु हुनु पहिला सबै विद्यार्थी ,शिक्षक लगायत अन्य कर्मचारीहरुको मुख्य गेटमा फिवर जाँच गरि अनिवार्य रुपमा माक्स तथा फेस सिल्ड लगाउन लगाइ प्रवेश गराउने गरेको सिंहले बताए ।साथै प्रत्येक दिन परीक्षा सक्किएर सम्पुर्ण कर्मचारी तथा विद्यार्थीहरु गइसके पछि परिक्षा कोठा र अन्य कोठाहरुलाई सेनेट्राइज गर्ने गरेको उनले जानकारी दिए ।

    जारी कक्षा ११ को परीक्षा साउन २७ गते सम्पन्न हुने जनाइएको छ।




No comments:

Post a Comment