Sunday, August 15, 2021

मलंगवामा पनि मनाइयो भारतको ७५ औं स्वतन्त्रता दिवस

 





लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन ३१

    नेपाल भारत मैत्री संघ शाखा सर्लाहीले जिल्लाको सदरमुकाम मलंगवामा मित्र राष्ट्र भारतको ७५ औ स्वतन्त्रता दिवस मनाएको छ ।

    अविरल वर्षाको बाबजुद संघले  आइतवार मलंगवा नगरपालिका वडा न-८ स्थित बालमन्दिरको सभा हलमा एउटा असल मित्र राष्ट्रको  रुपमा रहेको भारतको ७५ औं स्वतन्त्रता दिवस मनाएका हुन ।

    संघका जिल्ला अध्यक्ष सत्यनारायण अग्रवालको  अध्यक्षता तथा नगर प्रमुख निरसल साहको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि  मनाइएको  यस दिवसको  अवसरमा कवि सिंधेश्वर सिंहले कविता वाचन गरि उपस्थित अतिथिहरुलाई मन्त्रमुग्ध पारेका थिए ।कार्यक्रमको सुभारम्भमा दुबै देशको राष्ट्र गित बजाइएको थियो ।  

     कार्यक्रममा नेपाल भारत मैत्री संघका उपसभापति रामानन्द मिश्र,संघका पुर्व अध्यक्ष महेन्द्र प्रसाद कर्ण,राजश्री को-आपरेटिभ सोसाइटी मलंगवाका महाप्रबन्धक राम लक्षण राय,पुर्व प्राधानाध्यापक रमेशलाल कर्ण,नागरिक समाजका अध्यक्ष उग्रकांत झा,नागरिक समाज महासचिव शिवचन्द्र चौधरी ,नारायण जोशी , भद्रभलादमीहरु र पत्रकार लगायतहरुको  उपस्थि रहेको कार्यक्रमका संचालक सुवोध राजोपाध्यायले जनाएको छ । 


No comments:

Post a Comment