Tuesday, August 31, 2021

सिरसियाका दुई सय दलित तथा विपन्न परिवारले खाद्यान्न राहत पाए

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,भदौ १५

    सूजी फाउंडेसन ताईवान नामक एक सामाजिक संस्थाले   सर्लाहीको कबिलासी नगरपालिका वडा न-७, सिरसियाका २०१ जना दलित तथा अतिविपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

     फाउण्डेशनले  दलित सरोकार मञ्च, सप्तरीको समन्वयमा सिरसियाका अतिविपन्न तथा दलित परिवारहरुलाई छनौट गरी खाद्यान्न वितरण गरेको भौतिक पुर्वाधार विकास मन्त्रालय जनता आवास कार्यक्रमका सदस्य एवं दलित अधिकारकर्मी महेश पासवानले जानकारी दिएको छ। उनिहरुलाई २५ केजी चामल, १० केजी पिठो, १-१ किलो नुन , चिनि, दाल , चना  र ४ वटा नुहाउने साबुन वितरण गरिएको दलित अधिकारकर्मी  पासवानले बताए ।

    कोरोना महामारीका कारण थला परेका सर्लाहीका  १५ वटा पालिकाका नागरिकहरुलाई फाउण्डेशनले सहयोग गरेको पासवानले जानकारी दिए । सहयोग पाउनेमा विपन्न तथा दलित परिवार रहेका पासवानले बताए । छनौटमा परेका पालिकाहरुमा राहत स्वरुप खाद्यान्न वितरणको काम धमाधम भईरहेको पासवानले जानकारी दिए।

No comments:

Post a Comment