Tuesday, June 13, 2023

लामखुट्टेजन्य रोगबाट जोगिन चन्द्रनगरका ६० घर मुसहर परिवारले पाए झुल


लामखुट्टेजन्य रोगबाट जोगिन चन्द्रनगरका ६० घर मुसहर परिवारले पाए झुल


लोकतन्त्र समाचारदाता---

सर्लाही,जेष्ठ ३०

   लामखुट्टेजन्य रोगबाट जोगिन सर्लाहीका ६० घर मुसहर परिवारलाई झुल वितरण गरिएको छ।जिल्लाको  चन्द्रनगर गाउँपालिका वडा न-६, कामदका ६० घर मुसहर परिवारलाई सेवा नेपाल नामक एक गैरसरकारी संस्थाले एक–एक वटा झुल वितरण गरेको छ।

  मुसहर महिला सशक्तीकरण सन्जाल चन्द्रनगरको  समन्वयमा मंगलबार एक कार्यक्रमको आयोजना गरि सेवा नेपाल संस्थाले सबैखाले पहुँच तथा सेवाबाट पिछडिएका मुसहर समुदायलाई लामखुट्टेबाट सर्ने रोगबाट जोगिन एक-एक वटा झुल वितरण गरेको राष्ट्रिय मुसहर संघ सर्लाहीका अध्यक्ष ऋतुराज ऋषिले जनाएको छ।

   सन्जाल चन्द्रनगरकी अध्यक्ष शिवकली देवीको अध्यक्षतामा आयोजना भएको झुल वितरण कार्यक्रममा  सेवा नेपालकी अमृत चौधरी,स्थानीयबासी  लगायतको उपस्थिति रहेको थियो ।


No comments:

Post a Comment