सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेको जग्गाको कित्ताकाट खुलाएको छ ।पालिकाले बुधबार एक सूचना जारी गर्दै आफ्नो अधिकार क्षेत्र भित्र पर्ने जग्गाको कित्ताकाट आज(शुक्रवार) देखि खुलाएको छ।
मलंगवा न.पा ले आफ्नो अधिकार क्षेत्रभित्रको ‘भू-उपयोग ऐन २०७६ र नियमावली २०७९ अनुसार स्थानीय तह भू-उपयोग परिषदबाट नापी कार्यालय सर्लाही र परामर्शदाता कम्पनी सँगको सहकार्यमा भू उपयोग २०७९ र वर्गीकृत नक्सा तयार गरि सोका आधारमा कित्तागत विवरण स्थानीय राजपत्रमा २०८० जेठ ९ गते प्रकाशन गरिसकिएकोले जेष्ठ २६ गतेदेखि कित्ता काट फुकुवा गरेको सूचना अधिकृत राजकुमार अधिकारीले जानकारी दिएको छ।
जग्गा कित्ताकाट रोकिएको कारण लामो समयदेखि सास्ती भोग्नुको साथै विभिन्न कामहरु गर्न-गराउन नपाएका मलंगवा न.पा का वासीहरुले अबदेखि जग्गा सम्बन्धी कामहरु गर्न पाउने भएका छन् ।
जिल्लाका २० वटा स्थानीय तहहरु मध्येबाट मलंगवा न.पा जग्गाको कित्ता काट खोलाउने पहिलो पालिका बन्न सफल भएको भन्दै मालपोत कार्यालय मलंगवाका प्रमुख पनिलाल यादवले नगरप्रमुख नागेन्द्र प्रसाद यादव,प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम लगायत नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरुलाई शुभकामना दिएका छन् ।
No comments:
Post a Comment