Wednesday, June 7, 2023

भाँडसरमा संचालित भट्टिबाट १० हजार लिटर कच्चापदार्थ तथा ४ सय लिटर तयारी मदिरा नष्ट


भाँडसरमा संचालित भट्टिबाट १० हजार लिटर कच्चापदार्थ तथा ४ सय लिटर तयारी मदिरा नष्ट

प्रतीक फोटो



लोकतन्त्र समाचारदाता---

सर्लाही,जेष्ठ २४

    सर्लाही प्रहरीले मलंगवा नगरपालिका वडा न-५ भाँडसरमा संचालन भइरहेको अवैध घरेलु मदिरा भट्टी नष्ट गरेको छ । 

   अवैध रुपमा घरेलु मदिरा उत्पादन भइरहेको भन्ने गोप्य सूचनाको आधार बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय मलंगवा र प्रहरी चौकी भाँडसरबाट खटिएको प्रहरीले सो स्थानमा अवैध रुपमा संचालन भइरहेका घरेलु मदिरा उत्पादन गर्ने ८ वटा भट्टीबाट १० हजार लिटर कच्चा पदार्थ तथा ४ सय लिटर तयारी मदिरा नष्ट गरि ७ थान मेसिन र ५० थान ड्रमहरु नियन्त्रणमा लिएको जिप्रका सर्लाहीका सूचना अधिकारी एवं डिएसपी दिपेन्द्र पंजियार थारुले  जनाएको छ ।


No comments:

Post a Comment