Wednesday, June 14, 2023

सलेमपुरमा फेरी सडक दुर्घटना , कारको ठक्करबाटसाइकल यात्रीको ज्यान गयो,विरोधमा चक्का जाम

 



सलेमपुरमा फेरी सडक दुर्घटना ,कारको ठक्करबाट साइकल यात्रीको  ज्यान गयो,विरोधमा चक्का जाम



लोकतन्त्र समाचारदाता---

सर्लाही,जेष्ठ ३१

      मात्र दुइदिनको अन्तरालमा सलेमपुरमा फेरी सडक दुर्घटनामा परेर एक ब्यक्तिको ज्यान गएको छ। 

   सर्लाहीको नवलपुर-मलंगवा सडक खण्ड अन्तर्गत  कबिलासी नगरपालिकाको सलेमपुर स्थित चमेली माईको मन्दिर नजिक  आज(बुधबार)साँझ कारको  ठक्करबाट एकजना साइकल यात्रीको ज्यान गएको छ। मृत्यु हुनेमा सलेमपुर बस्ने ६५ वर्षिय सोनेलाल राय रहेका छन् ।  साइकलमा सवार भएर जाँदै गरेको अवस्थामा कारले ठक्कर  दिएपछि निजको घटना स्थलमै मृत्यु भएको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

    दुर्घटनामा संलग्न कार र कारका   चालकलाई प्रहरीले  नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ। 

    दुर्घटना भए लगत्तै आक्रोशित स्थानीयबासीहरु शवलाई घटनास्थमै राखेर नाराबाजी गर्दै सडक अवरुद्ध पारेर चक्काजाम गरेका छन् । अरु कुनै थप धटना हुन नदिन घटना स्थलमा अहिले ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ।स्थानीयलाई सम्झाई बुझाई गरी मृतकको शव घटनास्थलबाट उठाएर अवरुद्ध सडक खोलाउने प्रयास भइरहेको जिप्रका मलंगवाका सूचना अधिकारी एवं  डीएसपी दीपेन्द्र पंजियार थारुले बताएको छ।






 


No comments:

Post a Comment