Monday, June 12, 2023

गर्भपतनको औषधि खाएकी १६ वर्षीया अविवाहित किशोरीको मृत्यु, किशोरीको विवाहको तयारी चल्दै थियो

 


गर्भपतनको औषधि खाएकी १६ वर्षीया अविवाहित किशोरीको मृत्यु, किशोरीको विवाहको तयारी चल्दै थियो


 


अजिता चौधरी ---

सर्लाही,जेष्ठ २९

      सर्लाहीको बसबरिया गाउँपालिकाकी एक १६ वर्षीया अविवाहित  किशोरीको गर्भपतनको औषधि खाएर बिरामी परेको अवस्थामा उपचारको क्रममा मृत्यु भएको छ। केही दिनअघि गर्भपतन गराएकी  किशोरीको उपचारका क्रममा हिजो(आइतबार) मृत्यु भएको हो।

    बसबरिया गापा वडा न-२, मानपुर बस्ने महेन्द्र सहनीकी अविवाहित छोरी १६ वर्षीया किरण कुमारीको उपचारका क्रममा आइतवार दिउँसो प्रोदेशिक अस्पताल जनकपुरमा मृत्यु भएको छ । मृतक किरणले केही दिनअघि गाउँकै एक क्लिनिकमा पुगेर गर्भपतन गराउने औषधि खाएकी थिईन् ।करिव छ महिनाको गर्भ रहेको बेला  गर्भपतनको औषधि खाएपछि अत्यधिक रक्तश्राव भइ उपचारका लागि जेठ २१ गते राति २ बजेतिर उनलाई प्रादेशिक अस्पताल मलङ्गवामा ल्याइएको तर अस्पतालमा ल्याएर पनि रक्तश्राव नरोकी अवस्था झनझन जटिल बन्दै गएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो। जनकपुरमा उपचारका क्रममा जेठ २३ गते शल्यक्रिया गरी किरणको गर्भबाट मृत अवस्थाको शिशु (छोरा) निकालेर  अस्पतालको आइसियू कक्षमा राखेको र त्यही उनको मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।

   उक्त किशोरीले जन्माएको मृत शिशुको पिताको बारेमा केही खुल्न सकेको छैन किशोरीको विवाहको तयारी भइरहेका बेला अनैतिक सम्वन्धको गर्भ रहेको थाहा पाएपछि गर्तपतन गराउने क्रममा दुःखद घटना हुन पुगेको श्रोतले जानकारी गराएको छ।


No comments:

Post a Comment