Thursday, June 15, 2023

तराईमा पुर्वानुमानित "लु" बाट जोगिन सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई अत्यावश्यक सामाग्री वितरण

 

तराईमा पुर्वानुमानित "लु" बाट जोगिन सामुदायिक विद्यालयका  विद्यार्थीहरुलाई अत्यावश्यक सामाग्री वितरण

मनोज यादव---

सर्लाही,जेष्ठ ३२

   अत्याधिक गर्मी र तातो हावाका कारण तराईमा यतिबेला "लु" चलिरहेको छ।"लु" का कारण मानिसहरु धमाधम बिरामी पर्न थालेका छन् ।यस्तो मौसमा सबैभन्दा बढी समस्या विद्यालय जाने

विद्यार्थीहरुलाई परेको छ।सोही समस्यालाई मध्येनजर गर्दै कतार च्यारिटीले सर्लाहीका दुइवटा सामुदायिक विद्यालयमा अध्यनरत  विद्यार्थीहरुलाई अत्यावश्यक सामाग्री वितरण गरेको छ ।

   चेतना नेपाल मलंगवाको आयोजनामा बिहीबार   जिल्लाको सदरमुकाम  मलंगवा नगरपालिकामा रहेको कृष्णादेवी जनता माद्यामिक विद्यालय र ब्रम्हपुरी गाउँपालिकामा रहेको श्री जलधर कमलदेव नमुना माद्यामिक विद्यालयमा बालविकास तहदेखि कक्षा १० सम्मका १३ सय जना विद्यार्थीहरुलाई गर्मीबाट राहत पाउन एक-एक थान फोल्डिंग छाता,पानीको बोतल,ग्लुकोज,जिवनजल लगायतका सामाग्रीहरु वितरण गरेको छ।यसैगरी प्रत्येक विद्यालयलाई १२-१२ थान पंखा र १-१ थान शुद्ध पानीको लागि वाटर कुलिङ्ग  वितरण गरेको चेतना नेपालका मुकेश जयसवालले जनाएको छ। कतार च्यारेटीका परियोजना संयोजक केफास महर्जनका अनुसार अत्याधिक गर्मीका कारण विद्यालय जान नपाएर विद्यार्थीहरुको पढाइमा कुनै किसिमको अवरोध नआवोस् र गर्मीबाट केही थोरै भएपनि राहत मिलोस् भन्ने उदेश्यका साथ तराईमा पुर्वानुमानित "लु"को पुर्वकार्य परियोजना २०२३ अन्तर्गत सो सामाग्रीहरु वितरण गरिएको जानकारी गराएका छन् ।

 वितरण कार्यक्रममा उपस्थित मलंगवा नगरपालिकाका नगरप्रमुख नागेन्द्र प्रसाद यादवले आयोजक र दातृ संस्थालाई धन्यवाद व्यक्त गर्दै भविष्यमा थप सहयोगको अपेक्षा समेत गरे।

   दुईवटै विद्यालयमा छुट्टाछुट्टै सम्पन्न भएको  कार्यक्रममा सम्बन्धि पालिकाका प्रमुख,प्राधानाध्यापक,वडाअध्यक्ष,शिक्षक, विद्यार्थी लगायत दातृ तथा आयोजक संस्थाका पदाधिकारीहरुको  उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment