Monday, June 5, 2023

सर्लाहीको बरहथवा पिकअप दुर्घटना एक जनाको मृत्यु,६ जना घाइते

 


सर्लाहीको बरहथवा पिकअप दुर्घटना एक जनाको मृत्यु,६ जना घाइते


लोकतन्त्र समाचारदाता---

सर्लाही,जेष्ठ २२

सर्लाहीको बरहथवामा सोमबार दिउँसो पिकअप दुर्घटना हुँदा  एक जनाको मृत्यु भएको छ भने चालकसहित अन्य ६ जना घाइते भएका छन् ।

  प्रहरीले दिएको जानकारी अनुसार प्रदेश २-०३- ००१ ख ३५२३ नम्वरको पिकअप आफै अनियन्त्रित भई बरहथवा मधुवनी सडकमा पल्टिएर दुर्घटना भएको हो। मृतकको परिचय खुल्न बाँकी रहेको प्रहरी बताएको छ।

   चालकलाई सामान्य चोटपटक मात्रै लागेको र अन्य घाइते ५ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।


No comments:

Post a Comment