Tuesday, June 13, 2023

३ वर्षीय बालकको उपचारको क्रममा मृत्यु,मृत्युको कारण खुल्न सकेको छैन

 ३ वर्षीय  बालकको उपचारको क्रममा मृत्यु,मृत्युको कारण खुल्न सकेको छैन 

 

लोकतन्त्र समाचारदाता---

सर्लाही,जेष्ठ ३०

   सर्लाहीको हरिपूर्वा नगरपालिका वडा न-९, बसन्तपुरका एक ३ वर्षिय  बालकको ज्यान गएको छ।

   बसन्तपुर निवासी साहीद साह फकिरका ३ वर्षिय छोरा हुजय साह फकिर मंगलबार (आज)दिउँसो अचानक बिरामी परेपछि लालबन्दी स्थित मोडेल अस्पतालमा ल्याउँदा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

   मृतक हुजयले घरमा राखिएको पेट्रोल खाएको आशंका गरिएको छ।  बालक अचानक बिरामी परेर भोमिट गर्न थालेपछि परिवारका सदस्यले उपचारका लागि लालबन्दी  ल्याएका थिए ।उपचार सुरु गरेको केहीबेरमै निजको मृत्यु भएको प्रहरीले जनाएको छ। 

   बालकले पेट्रोल खाएको आशंका गरे पनि वास्तविक कारण खुल्न भने खुल्न सकेको छैन।

   बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ। 


No comments:

Post a Comment