Tuesday, June 13, 2023

बरहथवामा सयभन्दा बढी पशुहरुको भ्याक्सिनेसन तथा उपचार गरियो

 

बरहथवामा सयभन्दा बढी पशुहरुको भ्याक्सिनेसन तथा उपचार गरियो


लोकतन्त्र समाचारदाता---

सर्लाही,जेष्ठ ३०

      सर्लाहीको बरहथवा नगरपालिकामा संचालित एक दिने निःशुल्क पशु स्वास्थ्य उपचार शिविर मार्फत सयभन्दा बढी पशुहरुलाई भ्याक्सिनेसन सहित उपचार सेवा प्रदान गरिएको छ।

   बरहथवा नगरपालिका मातहतको पशु सेवा शाखाको सहयोगमा मंगलबार वडा न-५ मा सम्पन्न भएको  उक्त  शिविरमा स्थानीय पशुपालक किसानहरुले आ–आफ्नो पशु चौपायको उपचार र विभिन्न रोगविरुद्धको भ्याक्सीन लगाएका थिए।

  नगरप्रमुख कल्पना कटुवालले उद्घाटन गरेको शिविरमा मन्जिला निरौला, पशु सेवा शाखाका प्रमुख रामेश्वर राय, राजकरण राय लगायतका पशु चिकित्सकहरुले   उपचार तथा  भ्याक्सीनेसन सेवा प्रदान गरेको नगरपालिकाले जनाएको छ।

  उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मदन कुमार थापा, वडा न-५ का वडाध्यक्ष शिवकुमार सिंह तथा स्थानीय पशुपालक किसानहरु लगायतको उपस्थिति रहेको थियो।


No comments:

Post a Comment