Friday, June 16, 2023

सर्लाहीको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले एकलौटी निर्णय गरेर भ्रष्टाचार गर्न खोजेको भन्दै उपाध्यक्षसहित ७ राजनीतिक दलद्वारा विरोध प्रदर्शन ,रिले अनसन गर्ने चेतावनी

 


सर्लाहीको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले एकलौटी निर्णय गरेर भ्रष्टाचार गर्न खोजेको भन्दै उपाध्यक्षसहित ७ राजनीतिक दलद्वारा  विरोध प्रदर्शन ,रिले अनसन गर्ने चेतावनी

मनोज यादव----

सर्लाही,असाढ १ गते

      सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्षले  बहुमत सदस्यको निर्णयलाई लत्याएर आफुखुसी कानुन विपरित पालिका संचालन गर्न खाेजेकाे भन्दै विभिन्न सात राजनैतिक दलहरु सहित   स्थानीयबासीहरू विरोधमा उत्रिएका छन् ।गाउँपालिका अध्यक्ष राजकुमार महतोले बहुमतमा रहेको गाउँकार्यपालिका सदस्यहरुको कुरा नसुनेको र उनीहरूले गरेको निर्णयलाई समेत नमानेर आफुखुसी बजेट तथा योजनाहरु संचालन गर्न खोजेको भन्दै सोको विरोधमा उपाध्यक्ष गीतादेवी महतोसहित सात राजनितिक दलको मोर्चाले गापा अध्यक्ष महतो बिरुद्ध चर्को नाराबाजीका साथ प्रदर्शन गरेका छन् ।

    चन्द्रनगर गापा वडा न-७ स्थित नाढीमन ताल नजिक रहेको पालिकाको कार्यालय अगाडी र छेउमै रहेको बजारमा बिहिवार दिनभरि उनीहरूले प्रदर्शन गरेका छन् ।

     आन्दोलनरत सात राजनीतिक दलहरुको,आफुखुसी निर्णय गरेर भ्रष्टाचार गर्न नपाउने,बालबालिकाको लागि आएको पैसा बालबालिकाको खातामा जम्मा गर्नुपर्ने , पानीनै नभएकाे नाढीमन तालमा ६० लाख  बजेट बिनियाेजन गरि आयोजना गर्न लागेको नाढी ताल महोत्सव तथा बालिका सम्मेलन रोक्नुपर्ने , प्रधानमन्त्री स्वरोजगर कार्यक्रमको लागि आएको पैसा फ्रिज गर्न नपाउने लगायतका मागहरु रहेका छन् ।

    बिरोध कार्यक्रमका सदस्य एवं गापा अध्यक्ष प्रत्यासी सुशील कुमार साहले  अध्यक्ष महतोको तानाशाही एकलौटी निर्णय गर्ने रबैया र विकाश बिरोधी कार्यको बिरुद्धमा प्रदर्शन गरिएको बताएका छन। उनले पहिलो दिन चेतावनी स्वरूप प्रदर्शन मात्र गरेको भएपनि २ गतेदेखि आन्दोलनका कार्यक्रमहरुलाई अगाडी बढाउँदै ३ गतेदेखि गाउँपालिकाको कार्यालय अगाडी माग सम्बोधन नभए सम्म रिले अनसनमा बस्ने जानकारी दिए ।

    अध्यक्ष महतोले पानीनै नभएको सुख्खा तालमा महोत्सवको नाममा ६० लाख रुपैयाँ बजेट विनियोजन गरेर भ्रष्टाचार गर्न खोजेको आरोप लगाउँदै पुर्व वडाअध्यक्ष नन्दलाल रायले नाढि तालको नाममा आयोजना हुन लागेको सुख्खा महोत्सव बन्द नभएसम्म र गाउँपालिकाको नाममा कागजी प्रकृया पुर्याएर हुन लागेको ६० लाखको भ्रष्टाचारको अन्त्य नगरिएसम्म बिरोधका कार्यक्रहरु जारि रहने बताए।

     उता  गाउँपालिका अध्यक्ष महतोले भने विरोधका लागी मात्रै विरोध भएको प्रतिकृया दिएका छन । उनले ६० लाखको बजेटमा कुनै कार्यक्रमको आयोजना हुन लागेको नभई बल्की गाउँसभाले पारित गरेको २५ लाखको बजेटमा देशमै पहिलो पटक मधेशको पिछडिएको क्षेत्रमा बालिका सम्मेलन गर्न लागेको जानकारी दिए । उनले सर्लाही जिल्लाबाट मात्र नभइ पुरै मधेश प्रदेश र देशबाटै बालबिवाहको अन्त्य हुनु पर्छ र बालिकाको जीवन  सम्मानीत, सुरक्षित र सक्षम हुनुपर्छ भन्ने सोंचका साथ एकहजार बालिकाहरुको सहभागीतामा बालिका सम्मेलन आयोजना गर्न लागिएको बताएका छन्। बालविवाह अन्त्यको मुद्दालाई गति दिन र यसमा लगानी बढाउनका लागी बालिका सम्मेलन गर्न लागिएको महतोको भनाई छ । उनले सम्मेलनको नाममा ६० लाख रुपैया पचाउन लागेको भन्ने हल्ला निराधार भएको र यो बकाईदा गाउँसभाले पारित गरेको कार्यक्रम भएकोले झुठा आरोप लगाएर आफु विरुद्ध आन्दोलनका कार्यक्रमहरु भइरहेको  प्रतिकृया दिएका छन । एउटा जिम्मेवार जनप्रतिनिधि र जिम्मेवार ब्यक्तिहरु समेतको संलग्नतामा कार्यक्रम आयोजनाका लागी गाडिएका टेन्टहरु भत्काउने कार्यबाट जनतामा निरासा र भ्रम पैदा हुने उनले बताए ।

    पछिल्लो समय चन्द्रनगर गाउँपालिकालाई अध्यक्ष महतोले स्वयंसेवक शिक्षक तथा कर्माचारीहरु कार्यविधि तथा प्रक्रिया विपरित भर्ना गर्न खोजेको, गाउँपालिकालाई गैर सरकारी संस्थाको अण्डरमा सञ्चालन गर्न खोजेको, गाउँपालिकाको आन्तरीक राजश्वमा हानी नोक्सानी पुर्याउने गरी गाउँपालिका भित्रका पोखरीहरुको ठेक्का नलगाई आफुखुसी आफ्ना मानिसहरुलाई कमिसन बुझेर गरिखान दिएको लगाएतका आरोपहरु लाग्दै आएको छ।

      

No comments:

Post a Comment