Saturday, June 10, 2023

गज्जबको अध्यक्ष / सुभाष कर्ण(शिक्षक)

  पाठकको कलमबाट...✍️

  ==गज्जबको अध्यक्ष==

सुभाष कर्ण(शिक्षक)


      सामुदायिक विद्यालय लाई व्यवस्थित बनाउन सरकार ले शिक्षा नियमावली मार्फत विद्यालय व्यवस्थापन समिति लाई जिम्मा दिने व्यवस्था गरेको छ । समिति गठन र सञ्चालन राजनीतिको अखाडा समुदाय ले बनाई सकेको छ जुन शिक्षाको लागि अभिसाप नै बनेको छ । समिति गठन को नाममा नेताहरुले आफ्नो राजनीति स्वार्थ पुरा गर्ने देखि लिएर बजेट पचाउने काम समेत गरी रहेको अवस्था छ ।शिक्षक भर्ना प्राय समितिको मान्छे की त प्र अ को मान्छे त्यसमा पनि श्रीमती लाई बढी प्रधानता दिने गरेको नभए मात्र अर्को रिस्तेदार को भर्ना गर्ने प्रचलन रहेको छ योग्य युवाहरु बाध्य भएर विदेशिनु परेको छ ।अनि शिक्षा मा सुधार कसरी हुन्छ। यस्तै घटना परिवेश मा मलंगवा स्थित मा वि गम्हरिया का विद्यालय व्यवस्थापन समिति का अध्यक्ष मा चयन भए देखि कल्पना नै गर्न ना सकेका काम हरु गर्दै आउनु भएको छ ।कति लाई नराम्रो लाग्ला तर शिक्षा सुधार का लागि वहाको प्रयास लाई धन्यबाद दिनै पर्छ । विद्यालय मा नयाँ भवन शिल्यानस मा राजनीति पहुंच बाट टाढा राखी गाउँकै साधारण व्यक्ति बाट शिल्यानाश गराउनु,सरस्वती मन्दिर निर्माणमा अध्यनरत बिधार्थी बाट सिल्यानास गर्न लगाई विद्यालयको आर्थिक भार बचाएर नया काम को थालनी गर्नु भएको छ । प्राय विद्यालयमा कुनै कार्यक्रम हुँदा नेताहरुलाई बोलाई फूलमाला खादा चियापानी मा हजारौं खर्च गनरू पर्ने विद्यालयको व्यवस्थालाई वहाले त्यो परम्परालाई तोड्दै नया कोशिश र समाज लाई मार्ग दर्शन दिनु भएको छ ।आफ्ना जति पनि बैठक लाई सामाजिक सञ्जाल मार्फत लाईभ गरेर समाज मा अलग पहिचान बनाउने कोशिश गर्दै हुनुहुन्छ ।शायद वहाको काममा अवरोध न आउला भन्न सकिन्न तर काम  समाज को लागि नया नै हो। शिक्षा सुधार का पाइला हरु पनि राम्रै छ तर सबै व्यवस्थापन आफ्नो हाथ मा नहुँदा काम प्रगति मा ढिलाइ होला तर प्रयास राम्रो छ वहा अध्यक्ष हो सर्व नारायण यादव ।जसलाई विद्यालय को भविष्य देखि विद्यार्थीको भविष्यको निकै चिन्ता र प्रयासरत रहेको देखिन्छ ।

"पत्थर विखरे परे हजार राहो में ,तरासेगा वही पत्थरको जिन्हे हुनर हो तरासने को,   अगर यह टिक गया तो शिक्षा में सुधार करके ही वापस लौटेगा"

No comments:

Post a Comment