Wednesday, June 21, 2023
सर्लाहीको चन्द्रनगरमा उन्नत माछा पालन प्रविधि सम्वन्धी तालिम सम्पन्न
सर्लाहीको चन्द्रनगरमा उन्नत माछा पालन प्रविधि सम्वन्धी तालिम सम्पन्न
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मलंगवाको आयोजनामा बुधबार नाढी मन स्थित रवि मत्स्य पालनमा सम्पन्न भएको उक्त तालिममा मत्स्य ब्लकमा आबद्ध किसानहरुलाई माछा पालन गर्ने प्रविधि तथा तरिकाको बारेमा जानकारी गराइएको थियो। तालिममा कृषकलाई माछाको लागि चाहिने पानीको गुणस्तर ,दाना व्यवस्थापन ,माछामा लाग्ने रोगहरु,उन्नत माछा प्रविधि लगायतका विषयमा प्रशिक्षकत्रय दिपक मिश्र,संतोष कुमार सिंह र शोभाकर पाण्डेले प्रशिक्षिण दिएका थिए।
पोखरा लगायत देशका विभिन्न शहरहरुमा निर्यात हुने गरेको तालिममा सहभागी माछा किसान परिक्षण मुखियाले बताए ।प्रतिदिन २० लाख रुपैयाँको माछा निर्यात हुने यस चन्द्रनगर गाउँपालिकाका २ सय भन्दा बढी घरपरिवार व्यवसायी माछा पालनमा लागेका छन् ।बढी जग्गा भएका किसानहरु आफ्नै निजी पोखरी खनेर फर्म दर्ता गरि माछा पालन गरेका छन् भने जग्गा नहुनेले अरुको पोखरी भाडामा लिएर माछा पालन गरेका छन् ।यस क्षेत्रका किसानहरु कृषि बालीको सट्टा माछा पालनतर्फ बढी आकर्षित भइरहेकाले यस क्षेत्रमा पोखरीहरु खन्ने क्रम निरन्तर चलिरहेको मत्स्य किसान मुखियाले बताए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment