Monday, June 12, 2023

बसबरिया गापा अध्यक्षले नियम कानुन मिचेर जनचाहना विपरित कार्य गरेको भन्दै नेपाली काँग्रेस बसबरिया द्वारा ज्ञापनपत्र जारी ,७ दिनभित्र सुधार नभए आन्दोलन गर्ने चेतावनी

 बसबरिया गापा अध्यक्षले नियम कानुन मिचेर जनचाहना विपरित कार्य गरेको भन्दै नेपाली काँग्रेस बसबरिया द्वारा ज्ञापनपत्र जारी ,७ दिनभित्र सुधार नभए आन्दोलन गर्ने चेतावनी



लोकतन्त्र समाचारदाता---

सर्लाही ,जेष्ठ २९

    सर्लाहीको बसबरिया गाउँपालिका अध्यक्षले निर्वाचनको समयमा जनतासँग गरेको प्रतिबद्धता विपरीत नियम कानुन मिचेर जनताको चाहना र भावना विपरीत मनोमानी ढंगले एकलौटी रुपमा गापाको सम्पूर्ण काम कार्यवाही चलाइरहेको भन्दै सो को तत्काल सुधार गरेर जनताको आवश्यक्ता ,चाहना र भावना बमोजिम काम गर्न साथै वितरण गर्नको लागि आएको ग्यास सिलिन्डर प्रक्रियागत रुपमा वितरण गर्नुपर्ने लगायत विभिन्न ९ बुँदे  मागहरु राखेर नेपाली काँग्रेस बसबरिया गाउँपालिकाले आइतवार गाउँकार्यपालिकालाई ज्ञापनपत्र बुझाएको छ।

 

 ७ दिन भित्र ज्ञापनपत्रमा  समेटिएका माग तथा समस्याहरुको सुधार नगरी अगाडी बढेको खण्डमा गापाको कार्यालय अगाडी धर्ना दिने,तालाबन्दी गर्ने र सो बाट उत्पादन हुने परिस्थितिको सम्पूर्ण जिम्मेवार गापा अध्यक्ष राम सिंहासन राय र प्रमुख प्रशासकीय अधिकृत चुनचुन प्रसाद यादव  हुने नेपाली काँग्रेसका नेता गजेन्द्र साहले जानकारी गराएका छन् ।

   उक्त ज्ञापनपत्रमा गाउँपालिका भरीका जनताहरुलाई वितरण गर्नका लागि ल्याइएको  ग्यास सिलिन्डर वितरण गर्नको लागि सम्बन्धि वडाको वडा अध्यक्षको सिफारिसमा कुपन कार्यालयबाट उपलबध गराउनुपर्ने न कि अध्यक्षको घरबाट,प्रधानमन्त्री रोजगार कार्यक्रममा वास्तविक बेरोजगारहरुलाई रोजगार दिनुपर्ने न कि आफ्नो नाता कुटुम्बलाई,मिति २०७९ जेष्ठ १५ गते देखि २०८० जेठ १५ गतेसम्मको सम्पूर्ण खर्च रकमको व्योहोरा उपलब्ध गराउन लगायतका मागहरु समेटिएको साहले जनाएको छ।

    ज्ञापनपत्र बुझाउनु पुर्व खबरदारी र्याली समेत निकालिएको थियो।

No comments:

Post a Comment