Saturday, June 17, 2023

सोनवर्षा प्रखंडका एक मुखिया सँग दोहोरो नागरिकता रहेको पुर्व मुखिया को आरोप


सोनवर्षा प्रखंडका एक मुखिया सँग दोहोरो नागरिकता रहेको पुर्व मुखिया को आरोप

लोकतन्त्र समाचारदाता----

सर्लाही,असाढ २

    भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्लाको सोनवर्षा प्रखंड ग्राम पञ्चाय भलुआहाका वर्तमान मुखिया बिलटु राय उपर नेपाल - भारत दुवै देशको नागरिकता रहेको आरोप लागेको छ।भलुआहा पञ्चायका पुर्व मुखिया मुकेश कुमार साहले शुक्रवार सर्लाहीको सदरमुकाम मलंगवामा दुवैदेशका संचारकर्मीहरुलाई राखेर आयोजना गरेको पत्रकार सम्मेलन मार्फत उक्त रहस्यको खुलासा गर्दै वर्तमान मुखिया रायसँग दोहोरो नागरिकता रहेको आरोप लगाएका हुन।

    पुर्व मुखिया साहले वर्तमान मुखिया बिलटु रायले दोहोरो नागरिकता प्रयोग गरेको बताउँदै निजको मुखिया पद खारिज हुनुपर्ने माग गरेका छन् ।  

     मुखिया रायको नेपाली नागरिकतताको विवरण अनुसार सर्लाहीको (नेपाल) कविलासी नगरपालिका साविक गाविस पिपरिया वडा न-२ बस्ने राम भजु यादवको छोरा  विलट प्रसाद यादव रहेको उल्लेख गरिएको छ।

No comments:

Post a Comment