Tuesday, June 13, 2023

नगर रक्षक दुखा पासवानको निधनमा मलंगवा नगरपालिकाले दियो भोली(बुधबार ) शोक बिदा

 नगर रक्षक दुखा पासवानको निधनमा मलंगवा नगरपालिकाले दियो  भोली(बुधबार ) शोक बिदा

 

लोकतन्त्र समाचारदाता---

सर्लाही,जेष्ठ ३०

   मलंगवा नगरपालिकाले भोली(बुधबार)एकदिनको लागि शोक बिदा दिएको छ। यस नगरपालिकामा कार्यरत नगर रक्षक दुखा पासवानको  निधनमा  एक दिन नगरपालिका कार्यालय र मातहतका सबै कार्यालयहरुमा शोक बिदा दिएको हो ।

      नगर रक्षक पासवानको गत २९ गते सोमबार भारतको केरलामा भएको सडक दुर्घटनामा परि निधन भएको थियो।पासवानको रुपमा मलंगवा न.पा ले एउटा असल तथा इमानदार कर्मचारी गुमाउनु पर्दा पालिकालाई अपुर्णिय र गम्भीर क्षति भएकोले उनी प्रति श्रद्धाञ्जली अर्पण गर्दै यस  कार्यालय लगायत मातहतका सबै वडा कार्यालयहरु तथा स्वास्थ्य चौकीहरुमा(आकास्मिक सेवा वाहेक)  एक दिन बिदा दिएको नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले मंगलबार दिउँसो हस्ताक्षर गरी जारी गरेको सूचनामा उल्लेख छ । 

   सोही सूचनाको आधारमा नगरपालिकाले एकदिनको लागि बिदा दिएको  सूचना अधिकृत राजकुमार अधिकारीले जनाएको छ।

No comments:

Post a Comment