Monday, June 5, 2023

आर्थिक वर्ष २०८०/०८१ को लागि सबैभन्दा बढी बजेट लालबन्दी नगरपालिका र कम पर्सा गाउँपालिकाले पाए

 


आर्थिक वर्ष २०८०/०८१ को लागि सबैभन्दा बढी बजेट लालबन्दी नगरपालिका र कम पर्सा गाउँपालिकाले पाए


लोकतन्त्र समाचारदाता---

सर्लाही,जेष्ठ २२

  आर्थिक वर्ष २०८०/८१ को लागि सर्लाही जिल्लाका २० वटै स्थानीय तहको लागि ७ अर्ब १८ करोड ८७ लाख रुपैया बजेट विनियोजन भएको छ।जसमध्येबाट सबैभन्दा बढी लालबन्दी नगरपालिकाले पाएको छ भने कम पर्सा गाउँ पालिकाले पाएको छ।

   लालबन्दी न.पा को लागि  ६४ करोड ४ लाख र पर्सा गा.पा को लागि  २० करोड ७५ लाख बजेट विनियोजन गरिएको जनाइएको छ।

    यी दुई स्थानीय तह बाहेक गोडैता नगरपालिकाले रु.४५ करोड ३२ लाख,मलंगवा नगरपालिकालेरु. ४३ करोड ८१ लाख ,ईश्वरपुर नगरपालिकाले रु. ४७ करोड ३९ लाख , बलरा नगरपालिकाले रु. ४० करोड ७९ लाख, बागमती नगरपालिकाले रु. ३८ करोड ४२ लाख ,हरिपुर नगरपालिकाले रु. ३२ करोड ४२ लाख, हरिपुर्वा नगरपालिकाले रु. ३१ करोड ३२ लाख, कविलासी नगरपलिकाले रु. ३७ करोड २९ लाख ,हरिवन नगरपलिकाले रु. ५७ करोड ७७ लाख , बरहथवा नगरपालिकाले रु. ४७ करोड २५ लाख ,राम नगर गाउँपालिकाले रु. २३ करोड ३१ लाख , धनकौल गाउँपालिकाले रु. २३ करोड ४ लाख,  बिष्णु गाउँपालिकाले रु. ३० करोड ६२ लाख , बसबरियाँ गाउँपालिकाले रु. २५ करोड ५० लाख , ब्रह्मपुरी गाउँपालिकाले रु. २९ करोड ४१ लाख , कोडैना गाउँपालिकाले रु. २९ करोड ६४ लाख , चक्रघट्टा गाउँपालिकाले रु. २३ करोड ३६ लाख तथा  चन्द्रनगर गाउँपालिकाले २६ करोड ७० लाख रुपैयाँ पाएका छन् ।

No comments:

Post a Comment