Friday, June 9, 2023

सर्लाहीको मलंगवामा‘नेपालप्रति चिनियाँ अभ्यास र असर’ को विषयमा विचार-गोष्ठी सम्पन्न,चीनको विस्तारवादी नीतिलाई रोक्नुपर्ने बक्ताहरुको भनाई

 सर्लाहीको मलंगवामा‘नेपालप्रति चिनियाँ अभ्यास र असर’ को विषयमा  विचार-गोष्ठी सम्पन्न,चीनको विस्तारवादी नीतिलाई रोक्नुपर्ने बक्ताहरुको भनाई


लोकतन्त्र समाचारदाता---

सर्लाही,जेष्ठ २६

   सर्लाही सदरमुकाम मलंगवामा नेपालप्रति चिनियाँ अभ्यास र असर’ को विषयमा  विचार-गोष्ठी सम्पन्न भएको छ। 

  राष्ट्रिय एकता अभियानले आयोजना गरेको गोष्ठीमा सहभागी बक्ताहरुले चिनको विस्तारवादी नितिले देशको सुरक्षा नै खतरामा परेको  बताएका छन । मलंगवा  स्थित सुजाता  होटलको सभाहलमा बिहीबार अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको  गोष्ठीमा  सहभागि बत्तहरुले चीनको विस्तारवादी नीतिलाई नरोकिसम्म नेपालको विकास सम्भव नहुने तर्क राखेका थिए।

  कार्यक्रममा बोल्दै प्रमुख अतिथि  यादवले नेपलालाई श्रीलंका बनाउने रणनीतिमा चीन लागेको आरोप लगाएका छन् । चीनले नेपाललाई श्रीलंका बनाउनु खोजिरहेको छ, चीनले पोखरा विमानस्थलमा लगानी गरेर विमानस्थल कब्जामा लिने षडयन्त्र गरिरहेको उनले बताए ।

    राष्ट्रिय एकता अभियानका सर्लाही जिल्ला संयोजक भगवान मिश्रको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा   पुर्व मन्त्री रामचन्द्र राय,हितराम दास वैश्णव,नागरिक समाजका उग्रकान्त झा लगायतकाले सम्बोधन गरेका थिए। 


No comments:

Post a Comment