Tuesday, June 6, 2023

मलंगवा नगरपालिकाद्धारा प्रशासन कार्यालयलाई विभिन्न सामाग्री हस्तान्तरण

 


मलंगवा नगरपालिकाद्धारा प्रशासन कार्यालयलाई विभिन्न सामाग्री हस्तान्तरण

लोकतन्त्र समाचारदाता---

सर्लाही,जेष्ठ २३

      सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाले राष्ट्रिय परिचय पत्र तथा  अनलाईन फारम भर्ने प्रयोजनका लागी आवश्यक पर्ने कम्पियुटर तथा फर्निचर लगायतका सामाग्रीहरु हस्तान्तरण गरेको छ ।नगरप्रमुख नागेन्द्र प्रसाद यादवले मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरि उक्त सामाग्रीहरु प्रमुख जिल्ला अधिकारी

इन्द्रदेव यादवलाई हस्तान्तरण गर्नुभएको हो।

   नगरपालिकाले नगरप्रमुख यादव मार्फत प्रजिअ यादवलाई  केही थान फर्निचरहरू,डेष्कटप कम्प्युटर र प्रिन्टर

हस्तान्तरण गरेको नगरपालिकाका सूचना अधिकृत राजकुमार अधिकारीले जानकारी दिनुभएको छ।

   समाजप्रतिको उत्तरदायि भएर सामाग्रीहरु सहयोग गरेकोमा नगरप्रमुख यादव र उहाँको टिमलाई धन्यवाद दिंदै प्रजिअ यादवले  आगामी दिनमा पनि यस्तै खालको थप सहयोगको अपेक्षा गरेको बताउनुभयो।

No comments:

Post a Comment