Wednesday, June 14, 2023

सर्लाही प्लस द्वारा मलंगवामा जिल्ला स्तरीय समन्वय बैठक सम्पन्न

 


सर्लाही प्लस द्वारा मलंगवामा जिल्ला स्तरीय समन्वय बैठक सम्पन्न

लोकतन्त्र समाचारदाता----

सर्लाही ,जेष्ठ ३१

     सर्लाही प्लस मलंगवाको आयोजना तथा पहिचान नेपालको सहयोगमा सर्लाहीको सदरमुकाम मलंगवामा जिल्ला स्तरीय समन्वय बैठक सम्पन्न भएको छ।

   जिल्लाका २० वटै पालिकामा रहेका एच.आइ.भि/एड्स संक्रमितहरुको सेवा सुविधा ,मानवअधिकारको संरक्षण तथा भेदभाव न्युनिकरणका लागि  सरोकारवालाहरु सँग अन्तरक्रिया गर्ने उदेश्यका साथ  बैठक सम्पन्न भएको आयोजक संस्थाले जनाएको छ ।

   बैठकमा सर्लाही प्लसकाका कार्यक्रम संयोजक राकेश मिश्रले सन्  २०२२ मा संचालन भएका कार्यक्रम तथा प्रगतिको बारेमा जानकारी गराउँदै सन् २०२३ को जनवरी देखि डिसेम्बरसम्म संचालन हुने कार्यक्रम र बजेट सम्बन्धि जानकारी गराएका थिए।

      मलंगवा नगरपालिका वडा न-१० स्थित स्वास्थ्य कार्यालयमा सम्पन्न  भएको उक्त बैठकमा स्वास्थ्य बिमा कार्यान्वयन तथा मलंगवा नगरपालिकाको  आर्थिक वर्ष २०८०/०८१ को बजेटमा एच.आइ.भि/एड्स संक्रमितहरुको लागि पनि कार्यक्रम राख्ने लगायतको विषयमा सरोकारवालाहरु सँग अन्तरक्रिया गरिएको थियो।

    जिल्ला स्वास्थ्य कार्यालय सर्लाही एवं प्रादेशिक अस्पताल मलंगवाका प्रमुख नवल किशोर झा को अध्यक्षता तथा मलंगवा न.पा की उपमेयर शकुन्तला देवी साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकमा मलंगवा न.पा का स्वास्थ्य संयोजक रामानन्द राय,स्वास्थ्य बीमा सर्लाहीका रंजित कुमार राय,मुकेश अधिकारी,मिलिजुली समूहकी कार्यक्रम संयोजक अस्मिता भण्डारी,पहिचान नेपालका का.स अब्दुल सहमद"नगमा ,बेगम नास्मिन मिकरानी,इन्सेकका सर्लाही जिल्ला प्रतिनिधि बुधन साह लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।

No comments:

Post a Comment