Friday, June 9, 2023

राजश्रीको २८ औ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाइयो , बिरामीलाई फलफुल वितरण

 


राजश्रीको २८ औ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाइयो , बिरामीलाई फलफुल वितरण


लोकतन्त्र समाचारदाता---

सर्लाही,जेष्ठ २६

     सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका स्थित रहेको देशकै उत्कृष्ट सहकारी संस्थाहरु मध्येको एक राजश्री सेविंग्स एण्ड क्रेडिट को-आपरेटिभ सोसाइटी लिमिटेडले विभिन्न कार्यक्रमहरुको आयोजना गरि आफ्नो २८ औं  स्थापना दिवस मनाएको छ।दिवसको  अवसर पारेर मलंगवा स्थित प्रधान कार्यालयले शुक्रवार बिहान बिरामीहरुलाई फलफुल वितरण गरेको छ ।

    "मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो " भन्ने पवित्र बचनलाई आत्मसात गर्दै मलंगवा नगरपालिकाका नगर प्रमुख समेत रहनु भएका राजश्रीका अध्यक्ष नागेन्द्र प्रसाद यादवले  प्रादेशिक अस्पताल मलंगवाको विभिन्न वार्डमा  उपचार गराइरहेका बिरामीहरुलाई स्वास्थ्य  लाभको कामना सहित फलफुल,गुलकोज र पानी  वितरण गर्नुभएको छ।

    सोही अवसरमा नेपालको विभिन्न शहरमा रहेका राजश्रीको १५ वटा सेवा केन्द्रहरुले पनि बिरामीहरुलाई फलफुल  वितरण   तथा रक्तदान कार्यक्रमको आयोजना गरि दिवस मनाएको मुख्य प्रबन्धक राजनहरि श्रेष्ठले जानकारी गराउनु भएको छ।

    सोही अवसरमा मलंगवा जेसिज २०२३ का अध्यक्ष रामलखन महतोको पहलमा बालमन्दिर प्राविको बालगृहमा आश्रित १० जना टुहुरा  बालबालिकाहरुलाई राजश्रीको प्रधान  कार्यालय मलंगवाको तर्फबाट फलफुल र गुलकोज लगायतका सामाग्रीहरु उपलब्ध गराइएको छ। 

   फलफुल वितरण कार्यक्रममा मुख्य प्रबन्धक श्रेष्ठसहित ,प्रबन्ध निर्देशक राम लक्षण यादव,संचालक समितिका पदाधिकारी ,कर्मचारी ,मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम ,प्रादेशिक अस्पताल मलंगवाका मेडिकल सुपरिटेन्डेन्ट नवर किशोर झा , स्थानीय जनप्रतिनिधि र पत्रकारहरु लगायतको उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment