Tuesday, June 6, 2023

लालबन्दी नगरपालिकाका विद्यालयहरुमा गर्मी बिदा थपियो शुक्रबारसम्म बन्द रहने

 लालबन्दी नगरपालिकाका विद्यालयहरुमा गर्मी बिदा थपियो शुक्रबारसम्म बन्द रहने

 लोकतन्त्र समाचारदाता---

सर्लाही,जेष्ठ २३

    सर्लाहीको लालबन्दी नगरपालिका क्षेत्र भित्रका विद्यालयहरुमा पुनः ३ दिन गर्मी बिदा थपिएको छ।आज सम्म भनि दिइएको गर्मी बिदालाई बढाएर यही शुक्रवारसम्म गरिएको छ।

   गर्मी अत्यधिक बढेपछि नगरपालिकाले गएको आइतबारदेखि मंगलबारसम्म नगरभित्रका सम्पुर्ण विद्यालयमा गर्मी बिदा दिएको थियो ।गर्मीको मार झनझन बढ्दै गएपछि  नगरपालिकाले आज फेरि दोस्रोपटक सूचना जारी गर्दै  जेठ २६ गते शुक्रबारसम्म बिदा थप गरेको हो। 

  अत्यधिक गर्मी र तातो हावाका कारण  बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्न थालेपछि जिल्लाका अन्य  स्थानीय तहहरुले पनि गर्मी बिदा दिएका छन् ।मलंगवा नगरपालिकाले भने बिदा नदिई बिहान ६ बजेदेखि बिहान साढे १० बजेसम्म कक्षा संचालन गरिरहेको छ।


No comments:

Post a Comment