Wednesday, June 14, 2023

लेख✍️ @महिला जनप्रतिनिधिहरु आफ्नो जिम्मेवारी, भूमिका र कर्तव्यको बारेमा सक्षम भइसके अन्जना शर्मा शिवाकोटी(कार्यवाहक अध्यक्ष)हरिवन न.पा. वडा नं. १०

 लेख....✍️

@महिला जनप्रतिनिधिहरु आफ्नो जिम्मेवारी, भूमिका र कर्तव्यको बारेमा सक्षम भइसके




अन्जना शर्मा शिवाकोटी(कार्यवाहक अध्यक्ष)हरिवन न.पा. वडा नं. १० 


      स्थानीय तहमा महिला जनप्रतिनिधि भूमिका र जिम्वेवारी भन्दा पनि कानुनी कोटा पुरा गर्न प्रतिनिधित्वको लागि महिला खोजिन्थ्यो । हाल आएर महिला जनप्रतिनिधिहरु आफ्नो जिम्वेवारी, भूमिका र कर्तव्यको बारेमा के गर्ने, कसरी गर्ने, कानूनि अड्चन आएका कसरी को सँग सल्लाह लिने आदि बारेमा सक्षम हुदै गएका छन् ।

    सर्लाहीको ५ वटा स्थानीय तहमा जनप्रतिनिधि महिलाहरुको लागि माण्डवी संस्थाले स्थानीय सरकार संचालन ऐन, स्थानीय सरकारको योजना तथा बजेट निर्माण प्रक्रिया, महिला वडा सदस्यहरुको भूमिका आदि बारेमा विगत २ वर्ष देखि निरन्तर प्रशिक्षित गराउँदै आएको छ । जसले गर्दा वडा सदस्य महिलाहरुको सशक्तिकरणमा सहयोग पुगेको छ ।

    आफु  हरिवन नगरपालिका वडा नं. १० को महिला वडा सदस्यमा र्निवाचित हुनु   अघि किराना पसल व्यवसाय गर्दै, आफ्नो समुदायमा विभिन्न बचत तथा समुहहरुमा आवद्ध रही सामाजिक कार्यमा सक्रिय रहँदै आएको थिए।आफुले  वडा कार्यलयमा कार्यवाहक वडा अध्यक्षको रुपमा समेत जिम्मेवारी वहन गरिसकेको छु।

  नेपालको संविधान २०७२ को व्यवस्था अनुसार गाउँ स्तरमा ५० प्रतिशत प्रदेश स्तरमा ४० प्रतिशत र केन्द्रय स्तरमा ३३ प्रतिशतको बाध्यकारी व्यवस्थाले महिलाहरुलाई आधारभूत तहबाट उपल्लो स्थानको राजनीतिमा महिलाहरुको सहभागिता र पहुँच बृद्धि गरेको छ । स्थानीय तह चुनावबाट महिला सक्षम हुदै र आफुलाई विकास गराउँदै राज्य संचालनमा आउने भएका छन् । स्थानीय स्तरबाटै अनुभाव गरेर आउँदा महिलाहरुलाई सवै तहको राज्य संचालनमा एउटा मजबुत नेतृत्वको अनुभव हुने भएको छ । काम गर्ने र सफल हुनका लागि अवसर प्राप्त हुनु पर्छ।

   हाल स्थानीय स्तरमा वडामा महिला जनप्रतिनिधिहरुलाई नागरिकको सेवा तथा टोल र बस्तीको आवश्यकताको पहिचान गर्ने, उनीहरुको सामाजिक सुरक्षा भत्ता लगायतका दैनिक आईपर्ने सवालहरुमा काम गर्ने अवसरले उनीहरुलाई म पनि केही गर्न सक्छु, म मेरो वडाको नेतृत्व लिन सक्छु, भन्ने आफु भित्रको अन्तरनिहित  शक्तिलाई व्यवहारमा उतार्न सक्ने अवसर प्राप्त भएको छ । सहि समयमा सहि अवसर प्राप्त हुँदा राज्यको प्रमुख अंगहरुमा बसेर समेत आफ्नो कार्यकुशलता प्रर्दशन गरीरहेका छन् । 

    मधेश प्रदेश अन्तर्गत सर्लाही जिल्लाको बरहथवा बागमती, हरिपुर्वा, कविलासी र हरिवन लगायत ५ वटा स्थानीय तहमा माण्डवी संस्थाले महिला जनप्रतिनिधिहरुको लागि महिला नेतृत्व क्षमता विकासमा काम गर्दै आएको छ । आइएफइएस नेपालको प्राविधिक सहयोग,स्विस सरकार विकासको सहयोग, अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा मान्डवीको सहजिकरणमा विगत २ वर्ष देखि शि लिड्स ( महिला नेतृत्व ) कार्यक्रम संचालन हुदै आएको छ । यस कार्यक्रमले स्थानीय सरकार संचालनमा रहेका महिलाहरुलाई महिला नेतृत्व के हो, सार्वजनिक रुपमा कसरी बोल्ने, बैठक के हो, र कसरी व्यवस्थापन गर्ने, वडा सदस्यको काम कर्तव्य र अधिकार के के छन्, स्थानीय स्तरमा योजना तथा बजेट र्निमाण प्रक्रिया, स्थानीय तहको विधायिकी तथा सक्रिय संचार र संजाल के हो, आदि बारेमा प्रशिक्षीत गराउँदै र सिकाउँदै आईरहेको छ । जसले गर्दा महिलाहरुको नेतृत्वमा निखारपन आउँदै गएको छ भने आफ्नो वडामा महिला नेतृत्वको एउटा छुट्टै पहिचान बनाउन सफल भएका छन् । 

      स्थानीय तहमा र्निवाचित महिला वडा सदस्यहरु माण्डवीबाट प्रशिक्षण पाएर आ-आफ्नो वडामा कार्यबाहक सफलतापुर्वक कार्य गरिरहेका छन।  

No comments:

Post a Comment