Sunday, June 4, 2023

अत्यधिक गर्मीका कारण सर्लाहीमा पानीको मुहान सुुक्दै,जनजिवन अस्तव्यस्त

 


अत्यधिक गर्मीका कारण सर्लाहीमा  पानीको मुहान सुुक्दै,जनजिवन अस्तव्यस्त

मनोज यादव----

सर्लाही,जेष्ठ २१

     चर्को घामसँगै दिनभर चल्ने तातो हावाका कारण सर्लाहीको सदरमुकाम मलंगवा लगायत जिल्लाभरको जनजिवन कष्टकर बनेको छ।

   तापक्रम ४२ देखि ४३ डिग्रीसम्म पुगेपछि मानिसहरूको दैनिकी अस्तव्यस्त भएको छ ।खास गरी खुल्ला ठाउँमा काम गर्ने मजदुर र खेती किसानी गर्ने किसानहरुलाई समस्या  हुन थालेको छ ।

  पछिलो केही दिनदेखि बिहानैदेखी लाग्ने चर्को घाम र तातो हावा कारण ‘लु’ लागेर विद्यालयमा बालबालिकाहरु र बाटोमा हिड्ने बटुवाहरु बेहोस हुन थालेका छन् । अत्याधिक गर्मीले गर्दा बजारमा मानिसहरुको चहलपहलमा कमि आएको छ भने कार्यालयमा पनि सेवाग्राहीहरु कम देखिन थालेका छन् ।  बजारमा मानिसहरुको चहलपहलमा कमि आएका कारण व्यापार व्यवसाय समेत प्रभावित बनेको छ ।सधैँभरी सेवाग्राहीहरुको चाप रहने जिल्ला प्रशासन, मालपोत, भुमिसुधार, जिल्ला अदालत ,घरेलु लगायत अन्य सरकारी कार्यालयहरुमा समेत सेवाग्राहीको संख्या घटेको कार्यालय प्रमुखहरुले  बताएका छन्  ।

गर्मीका कारण झाडापखाला तथा ज्वरोका बिरामीहरु बढेको चिकित्सकहरुले जानकारी गराएका छन् । अत्याधिक गर्मीबाट ‘लु’ लाग्ने,मुर्छा पर्ने,उच्च रक्तचापका बिरामीहरुमा मस्तिष्कघात, हृदयघात, पक्षाघात लगायतका रोग लागेर एकाएक मान्छेको ज्यान जाने सम्भावना समेत रहेको चिकित्सकहरुले बताएका छन् ।

   पछिल्लो केही दिनदेखि बढेको प्रचण्ड गर्मीका कारण जिल्लाभरीमा पानीका श्रोत तथा मुहानहरु समेत सुख्न थालेका छन ।नदी, पोखरी,तलाउ,इनार ,हैण्ड पाइप(चापाकल)धारा लगायतका पानीको श्रोत तथा मुहानहरु सुख्न थालेको स्थानीयहरुले बताएका छन् ।

   दिनभरि चल्ने तातो हावा(लु)र चर्को घामका कारण पठनपाठनमा समस्या भएपछि शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीले एक सूचना जारी गर्दै जिल्लाभरीका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु ५ दिनको लागि  बन्द गर्ने निर्देशन दिएको छ।केही स्थानीय तहले बिदा नदिइ कक्षा संचालन हुने समय घटाएर बिहान ६ बजेदेखि बिहान साढे १० बजेसम्म गरेका छन् भने केही विद्यालयहरुले समन्वय  इकाईले गरेको निर्णय अनुसार जेष्ठ २१ गतेदेखि जेष्ठ २४ गतेसम्म बिदा दिएका छन् ।

No comments:

Post a Comment