Sunday, June 25, 2023
आर्थिक वर्ष २०८०/०८१ को आय,व्यय,नीति ,कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै गोडैताको सातौ नगर सभाको उद्घाटन सम्पन्न
मनोज यादव---
पुँजीगत तर्फ १८ करोड ३९ लाख ३४ हजार र चालु तर्फ ४० करोड ७७ लाख ९ हजार रुपैया रहेको छ। उहाँले नगरको समृद्धि र विकासका लागि कृषि, स्वास्थ, शिक्षा,सडक ,व्यापार तथा स्वरोजगारलाई पहिलो प्राथमिकतामा राखेर वजेट विनियोजन गरिएको बताउनुभयो ।
मेयर यादवको अध्यक्षमा भएको नगरसभालाई स्वास्थ शाखा प्रमुख प्रमोद पंडितले संचालन गरेका थिए । नगरसभा कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख कौशल किशोर सिंह,विशिष्ठ अतिथि नगर उपप्रमुख अंजना कुशवाहा, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,सर्लाही प्रहरी प्रमुख एसपी नरेश राज सुवेदी ,सशस्त्र प्रहरी प्रमुख तुल बहादुर भण्डारी,प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव, वडा न १ देखि वडा न १२ सम्मका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न वडाका सदस्यहरू, विभिन्न शाखाका शाखा प्रमुखहरु, सुरक्षा निकाय, राजनितिक दल, संघ संस्थाका प्रतिनिधिहरु लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment