Sunday, June 25, 2023
सर्लाहीकै पहिलो मलंगवा नगरपालिकाको १० औं नगरसभाको उद्घाटन सम्पन्न
मनोज यादव---
सर्लाही जिल्लाकै पहिलो नगरपालिका तथा जिल्लाको सदरमुकाम मलंगवा नगरपालिकाको १० औं नगरसभाको उद्घाटन सत्र सम्पन्न भएको छ ।पालिकाले आ.व २०८०/०८१ को लागि नेपाल सरकार,प्रदेश सरकार र आन्तरिक स्रोत समेत गरि कुल ५५ करोड ४८ लाख ६१ हजार रुपैया अनुमानित बजेट प्रस्तुत गरेको छ।
आइतवार आयोजना भएको सभामा नगरप्रमुख नागेन्द्र प्रसाद यादवले आर्थिक वर्ष २०८०/०८१ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य, शिक्षा,खेलकुद, कृषि, सडक, भौतिक विकास निर्माण ,रोजगारी ,सामाजिक सुरक्षा र विपद व्यवस्थापन, पर्यावरण, महिला बालबालिका तथा सामाजिक समावेशीकरण ,सूचना तथा संचार प्रविधि ,शहर सौर्न्दर्यीकरण र बजार अनुगमन,निजी व्यवसाय सहकारी तथा आर्थिक क्रियाकलाप लगायतलाई प्राथमिकतामा राखेर आउँदो आर्थिक वर्षको बजेट ल्याउन लागेको बताउनुभयो । उहाँले नगरपालिकालाई जनतामा समर्पित संस्थाका रुपमा स्थापित गर्ने हाम्रो प्रयास रहेकोले यी सबै कामका लागि "हाम्रो नीति र नियतमा इमानदारीता र निरन्तरता साथै हाम्रो होइन राम्रो हुनुपर्छ " भन्ने मान्यता अनुसार आफुले काम गरेको बताउनुभयो ।
सोही अवसरमा गत आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमको समीक्षा गरि सुझाव समेत संलकन गरिएको थियो।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment