काठमाडौं ,बैशाख १९
नेपालमा आज थप २ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देही र बाँकेका १–१ गरी २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार रुपेन्देहीका २५ वर्षीय युवक र बाँके नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता अधिकारीले कोरोनाको संक्रमण देखिएका दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । उनीहरु दुवै जना स्वास्थ्यकर्मीको निगरानीमा रहेका सह–प्रवक्ता अधिकारीको भनाइ छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । हालसम्म १६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
No comments:
Post a Comment