Wednesday, September 1, 2021

सशस्त्र प्रहरी बल मलंगवा द्वारा सीमाबाट २२ किलो गाँजासहित एकजना तश्कर पक्राउ

 




मनोज यादव---

सर्लाही,भदौ १६

     सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाले २२ किलो अवैध गाँजा बरामद गरेको छ। आज(बुधबार) बिहान  सीमामा सुरक्षा गस्तीमा खटेको टोलीले सो परिमाणमा गाँजा बरामद गरेको हो।

    मलंगवा नगरपालिका वडा न-९ स्थित पोखरी बोर्डर एरियामा गस्ती गरिरहेका सशस्त्र प्रहरीको गस्ती टोलीले   बिहान करिब ६ बजेर ४० मिनेटको समयमा सोही ठाउँ बस्ने २४ वर्षीय स्थानीय युवक ललित कुमार महतोलाई २२ किलो गाँजाको २ वटा पोका बनाएर टाउकोमा बोकेर भारत तर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरेको जनाइएको छ।

      बरामद गरेको गाँजा सहित महतोलाई आजै बिहान (बुधबार)थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलंगवामा बुझाइएको छ।

No comments:

Post a Comment