Thursday, December 1, 2022

खुटौनाका छात्राहरुलाई सेनेटरी प्याड प्रयोग गर्न सिकाइयो


खुटौनाका छात्राहरुलाई सेनेटरी प्याड प्रयोग गर्न सिकाइयो

 

लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर १५

   सर्लाहीको सदरमुकाम मलंगवा  नगरपालिका वडा न-६ खुटौनामा रहेको जनता आधारभूत विद्यालयमा सेनेटरी प्याडको व्यवस्थापन तथा प्रयोग सम्बन्धि अभिमुखिकरण तालिमको आयोजना गरिएको छ।

  मलंगवा नगरपालिकाको आयोजनामा खुटौनामा रहेको उक्त सामुदायिक विद्यालयमा अध्यनरत किशोरीहरुलाई सेनेटरी प्याडको व्यवस्थापन तथा प्रयोग सम्बन्धि तालिम दिइएको पब्लिक मावि मलंगवा-२ का शिक्षक राम विश्वास साहले जनाएको छ।

  सोही तालिम मार्फत किशोरीहरुलाई  महिनावारीको समयमा ध्यान दिनुपर्ने कुराहरु र सही तरिकाले प्याड प्रयोग गर्ने विधिबारे समेत सिकाइएको साहले बताएको छ।

No comments:

Post a Comment